• २१ भदौ २०८३, आइतबार
  • ४ः३७ बेलुका

एटलेटिको म्याड्रिडसँग हार्यो लिभरपुल

प्रकाशित मिति

२०७६ फाल्गुन ७ गते, बुधबार ०८:०७

काठमाडौं । स्पानिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा साविक विजेता लिभरपुललाई पराजित गरेको छ ।

National Life

यस सिजन खराब फर्ममा रहे पनि एट्लेटिकोले लिभरपुललाई घरेलु मैदानमा १–० ले पराजित गरेको हो । खेलको चौथो मिनेटमै सोउल निगेजले गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो ।

Classic Tech Desktop

कोकेको कर्नरमा लिभरपुलका गोलकिपर एलिसन बेकरले क्लियर गर्न नसकेको बल निगेजले गोलमा परिणत गरेका थिए ।

यसअघि दुई पटक फाइनल पुगे पनि एट्लेटिकोले उपाधि जित्न सकेको थिएन । ला लिगामा पनि खराब प्रदर्शनबाट गुज्रिरहेको एट्लेटिकोलाई यो जितले केही राहत दिएको छ ।

यस सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुलले च्याम्पियन्स लिगमा भने हार बेर्होयो । दोस्रो लेग मार्च ११ मा लिभरपुलको मैदानमा एनफिल्डमा हुनेछ ।

प्रतिकृया