• २१ भदौ २०८३, आइतबार
  • ८ः०८ बिहान

प्रधानसेनापति कप टी–ट्वन्टी क्रिकेट सोमबारबाट प्रारम्भ

प्रकाशित मिति

२०७६ माघ २५ गते, शनिबार ०१:४०

भक्तपुर । सैनिक आवासीय महाविद्यालयको क्रिकेट मैदानमा सोमबारदेखि विद्यालय स्तरीय १३ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट प्रतियोगिता प्रारम्भ हुने भएको छ ।

National Life

उक्त प्रतियोगितामा १३ विद्यालयका १४ वटा टीमको सहभागिता रहेको जानकारी सैनिक आवासीय महाविद्यालयले दिएको छ । सैनिक आयोजकको दुई टीमले प्रतिस्पर्धा गर्दैछन् ।

विद्यालयस्तरमा सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगितामा सैनिकसँगै केएमसी, ग्यालेक्सी, युनाइटेड एकेडेमी, आदर्श जनप्रेमी, ज्ञान निकेतन र नेपाल प्रहरी स्कुलको सहभागिता रहेको छ । त्यस्तै मोक्षदा, जेम्स, डीएभी, नेक्सस, अक्षरा र रोजबडले पनि प्रतियोगितामा भाग लिएका छन् ।

Classic Tech Desktop

उक्त प्रतियोगिता फागुन १३ गतेसम्म सन्चालनमा रहने बताएका छन् ।

प्रतिकृया