• ९ असोज २०८३, शुक्रबार
  • २ः०२ दिउँसो

मुख्यमन्त्री राउतले दिए अपराधलाई बढावा दिने अभिव्यक्ति

प्रकाशित मिति

२०७६ माघ २५ गते, शनिबार ११:३१

जनकपुरधाम। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पदीय मर्यादाको ख्याल नै नगरी गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन् । बिहिबार एक फेसबुक लाईभमा मुख्यमन्त्री राउतले अपराधलाई बढावा दिने खालको अभिव्यक्ति दिएका हुन् । मुख्यमन्त्री राउतले आफ्नो पदीय मर्यादा विपरित दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले मेरो सरकारको समयमा केटाले केटीहरुमाथि एसिड फाल्ने अवस्थाको अन्त्य हुने बताए । केटीहरु अब डराएर होइन बरु केटाहरुको जीउमा एसिड खन्याउने अवस्थाको निर्माण गर्ने सोच रहेको उनले अभिव्यक्ति दिएका छन् ।

National Life

मुख्यमन्त्री राउतले सो लाईभमा अब केटीले केटाको जिउमाथि एसीड खन्याइदिने अवस्था ल्याउने बताएका थिए । मुख्यमन्त्री राउतले उक्त भिडियोमा भनेका छन् ‘तपाई छोरीको बारेमा सोँच्दै हुनुहुन्छ, मेरो नेतृत्वको सरकार पहिलेदेखि नै छोरीहरुको भविष्यको विषयमा सोचिरहेको छ ।’ मुख्यमन्त्री राउतले पहिलो पटक यस प्रकारको गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएका होइनन् उनले यस अगाडी पनि एक अन्तरवार्ताका क्रममा अपशब्द प्रयोग गरेपछि उनको व्यापक आलोचना भएको थियो ।

प्रतिकृया