नेकपाले सचिवालय सदस्यलाई काठमाडौं नछाड्न उर्दी जारी गरे
प्रकाशित मिति
२०७६ माघ २५ गते, शनिबार ११:१४
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सचिवालय सदस्यहरुलाई काठमाडौं उपत्यका नछाड्न उर्दी जारी गरिएको छ ।
अहिले निकै चर्चाको विषय अमेरीकी अनुदान सहयोग एमसीसीको विषय र प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख चयनको विषयमा जुनसुकै अवस्थामा बैठक बसी निर्णय गर्नुपर्ने अवस्था आएको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी सचिवालय सदस्यहरुलाई काठमाडौ उपत्यका नछाड्न उर्दी जारी गरिएको हो ।
गत १५ गते देखि १९ गतेसम्म नेकपाको दोस्रो पूर्ण केन्द्रीय समितिको बैठक बसेको थियो । उक्त बैठकले एमसीसीको अध्ययन कार्यदल बनाएको थियो । नेकपाका बरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको उक्त कार्यदलले अहिले एमसीसी सम्बन्धि अध्ययन गरिरहेको छ । कार्यदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावल सदस्य रहेका छन् ।
उता अहिले प्रतिनिधिसभामा उपसभामुख पद रिक्त रहेको छ । यसमा पनि छिट्टै टुङ्गोमा पुग्नुपर्ने देखिन्छ । अहिले उपसभामुखका विषयमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग छलफल भइरहेको छ । उपसभामुख कसलाई दिने भन्ने कुराको अझै टुङ्गो लागको छैन ।
यी दुइ विषयमा छिट्टै निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीका सचिवालय सदस्यहरुलाई उपत्यका नछाड्न उर्दी जारी भएको छ ।







प्रतिकृया