• ९ असोज २०८३, शुक्रबार
  • ७ः३४ बेलुका

नेपाली भाषालाई बलियो बनाउँदै अङ्ग्रेजी भाषाको प्रयोग : मन्त्री पोखरेल

प्रकाशित मिति

२०७६ माघ १९ गते, आईतवार ०४:४०

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने बताउनु भएको छ । एक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै दक्षिण एशियाको पुरानो भाषाका रुपमा रहेको नेपाली भाषालाई बलियो बनाउँदै अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

National Life

कार्यक्रममा मन्त्री पोखरेलले शिक्षाले देशको समग्र विकासको खाका तयार पार्ने बताउँदै शिक्षा क्षेत्रको विकास बिना सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले सार्थकता पाउन नसक्ने बताउनुभयो ।

कार्यक्रममा उहाँले मुलुकको विकासको लागि प्रविधिमैत्री शिक्षामा जोड दिएको बताउनुभयो । शिक्षालाई उत्पादनशील, सभ्य र सुसंस्कृत बनाउन विद्यालयलाई सबल बनाउनुपर्ने र सामुदायिक विद्यालयमा सिकाइ केन्द्रीत सुधारकोे आवश्यकता रहेको समेत उहाँले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री पोखरेलले काठमाडौँ उपत्यकामा दश प्रतिशत सामुदायिक र ९० प्रतिशत निजी विद्यालय रहेको जानकारी दिँदै सामुदायिक विद्यालयले निजी विद्यालयलाई पछि पार्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिकृया