शेयर कारोबारमा २१ अङ्कले वृद्धि
प्रकाशित मिति
२०७६ माघ १९ गते, आईतवार ०५:०८
काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेप्से परिसूचक आज २१.२६ ले वृद्धि भएर १३४६.६४ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । त्यसैगरी सेन्सेटिभ परिसूचकसमेत ४.९९ विन्दुले वृद्धि भएर २८६.७५ मा पुगेको छ । नेप्से उकालो लागे संगै आजको कारोबार दुई अर्ब माथि नाघेको छ ।
कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर २ अर्ब ७ करोड ७९ लाख ८७ हजार ७ सय ९९ मूल्यमा खरीद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने बढेको छ । व्यापार ०.६२ र जीवन बीमा १.०९ले घटेको छ ।
यस्तै बैंकिङ २७.०४, होटल ८.६६, विकास बैंक २८.३२, जलविद्युत् ३.०९, वित्त ४.१८, निर्जीवन बीमा १०१.५२, उत्पादन ४७.७८, अन्य ३.१६, लघुवित्त २२.१३ र सामूहिक लगानी कोष ०.०७ ले बढेको छ ।
नेप्सेका अनुसार कारोवारका आधारमा आज सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १० करोड ११ लाख चार हजार ९ सय ६७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।
यस्तै, गरिमा विकास लघुवित्त ९ करोड ४८ लाख ५८ हजार ३ सय ३०, एनआइसि एशिया बैंक ६ करोड २९ लाख ९५ हजार ६ सय ८९, प्रभु बैंक ६ करोड १९ लाख ९८ हजार १ सय ३५, हिमालयन डिस्टिलरी ६ करोड १४ लाख ५५ हजार २ सय २३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ५ लाख ४७ हजार ८ सय ६७ मूल्य बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।
गरिमा विकास लघुवित्त ९.९३, नयाँ नेपाल लघुवित्त ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.८८, ग्लोबल आइएमई समुन्नत स्किम एक ८.८८, खानीखोला हाइड्रोपावर ७.१४ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ७.०९ प्रतिशतले कमाए । त्यस्तै सिनर्जी पावर ४.७१, समता माइक्रोफाइनान्स ४.६३, अरुण काबेली ४, रिडी हाइड्रोपावर ३.७९, गुह्यश्वरी मर्चेन्ट बैंक ३.५९ र युनाइटेड फाइनान्सका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाएका छन् ।






प्रतिकृया