• ७ असोज २०८३, बुधबार
  • ११ः०६ बिहान

प्रहरीमा प्रमुख देखि जवानसम्मको संयुक्त मेस अभियान थिमि बृत्तबाट सुरु

प्रकाशित मिति

२०७६ माघ १९ गते, आईतवार ०६:०४

भक्तपुर । नेपाल प्रहरीमा अधिकृत र जवान कर्मचारीको भान्छा एकै ठाउँमा हुने भएको छ । त्यसका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीनै जिल्लामा रहेका प्रहरी इकाइहरुमा मेस सुधार अभियान सुरु गरेको हो ।

National Life

भक्तपुरको रहेको महानगरीय प्रहरी वृत्त थिमिमा प्रहरी अधिकृत एवं प्रहरी जवान संयुक्त मेस कार्यक्रमको प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोख्रेलले आज शुभारम्भ गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक पोखरेलले प्रहरीमा सामुहिकताको भावनाको बिकास गर्न मेस सुधार गर्न थालेको बताउनुभयो । प्रहरीको व्यबसायीकतालाई सुधार गर्न मेस, आरचण धेरै कुरा क्रमश सुधार गर्दै जानुपर्ने समेत प्रहरी नायव महानिरीक्षक पोखरेलको भनाई रहेको छ । उहाँले थिमि बृत्तको मेस नमुनायोग्य रहेको बताउँदै उपत्यकाका सबै प्रहरी कार्यालयमा यस्तै संयुक्त मेस निर्माण अभियान थालिएको बताउनुभयो ।

पोख्रेलले मेस सुधारको अभियान चर्चा परिचर्चाको बिषय मात्र नभई वर्षौ देखि चलिआएको प्रहरी बीचको मनोवैज्ञानिक दुरी अन्त्यको परिष्कृत रूप भएको बताउनु भयो । यसले पदीय जिम्मरवारी बाहेकको भाईचार विकाश गरि अपनत्व भाव सृजना गर्ने उल्लेख गर्दै पोखरेलले यस्ता कार्यले सामुहिक ऐक्यबद्धतालाई प्रोत्साहित गरि अन्ततोगत्वा परिणाम मुखि कार्य सम्पादनमा गहन भुमिका निर्वाह गर्ने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस अघि प्रहरी कर्मचारीहरूको लागी सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरि ३ तहको मेश संचालन हुदै आएको उल्लेख गर्दै पोखरेलले तीन ठाउँमा मेस सञ्चालन गर्दा लागत बढी भएपनि तल्लो दर्जाको मेशमा अपेक्षित सुधार हुन नसकेको महसुस गरेर आफुले मेस सुधारको कार्यक्रम अघि सारेको बताउनुभयो । चौविसै घण्टा डिउटीमा खटिने प्रहरी कर्मचारीलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराए मात्र सेवा प्रवाह अझबढी स्तरीय र प्रभावकारी हुने पोखरेलको भनाई थियो । प्रहरी कर्मचारीहरूको सेवा सुविधाको लागि आफु जहाँ र जहिले पनि लड्ने उल्लेख गर्दै पोखरेलले तल्लो वर्गको कर्मचारीहरुको वृत्ति विकासलाई ध्यानमा राखी उनिहरुको मनोबल माथि उकास्न सके मात्र उनीहरुबाट प्रवाह हुने सेवा प्रभावकारी हुने भएकाले आफुले जवान–हवल्दार लक्षित अभियान संचालन गरेको बताउनु भयो ।केही समयपछि ट्राफिक प्रहरीहरुलाई लुगा धुन सहज होस् भनेर वासिङ्ग मेशिसन दिने तयारी भईरहेको उहाँको भनाई थियो । मेस सुधारको कार्य अन्यत्र जिल्लामा समेत क्रमश लागू गर्दै जाने तयारी प्रहरीले गरिरहेको उहाँले बताउनुभयो ।

थिमि वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) शान्तिराज कोईरालाका अनुसार वृत्तमा मेस सुधार अन्तरगत भान्छा, पिउने पानीको धारा, खाना खाने कोठा लगायतका पूर्वाधारहरुको सुधार गरिएको छ । सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेले मेस सुधारको नमुना कार्यको थालनी गरेको भन्दै वृत्त थिमिका प्रमखु डीएसपी कोइराला, प्रहरी नायव निरीक्षक पृथ्वी बहादुर खत्री, प्रहरी नायव निरीक्षक तेज बहादुर बस्नेत, प्रहरी हवल्दार रामबाबु कुशवाह र प्रहरी जवान देवेस मिश्रलाई सम्मान स्वरुप पुरस्कार प्रदान गर्नुभयो ।

नमुना योग्य मेस बनेको भन्दै उपत्यकाका सबै बृत्तका प्रमुखले यहाँको मेसको प्रत्यक्ष अवलोकन गरेका छन् । नेपालमै पहिलो पल्ट कार्यालय प्रमुख, प्रहरी अधिकृत एवं जवान संयुक्त मेश भक्तपुरको मध्यपुर थिमीबाट शुरु भएको छ । महानगरीय प्रहरी बृत्त थिमिले मुलुकमै पहिलो पल्ट त्यस्तो मेस सञ्चालनमा ल्याएको हो ।सो अवसरमा प्रहरी बरिष्ठ उपरीक्षकद्धय श्याम ज्ञवाली र किरण बज्राचार्य लगायतका प्रहरी अधिकारीको सहभागिता रहेको थियो ।

प्रतिकृया