अर्किड कप माघ २४ बाट हुदै
प्रकाशित मिति
२०७६ माघ १९ गते, आईतवार ०६:२७
काठमाडौं । अर्किड पुपिल सेकेन्डरी स्कुलको आयोजनामा पाचौं अर्किड कप अन्तर विद्यालय फुटबल प्रतियोगिता यही माघ २४ गतेबाट हुने भएको छ ।
सेभेन ए साइड स्वरुपमा हुने प्रतियोगिता आर्किड ग्राउण्डमा हुने भएको छ । यस प्रतियोगिताका लागि यही माघ २० गते टाईसिट हुने भएको छ । शीर्ष चार स्थानमा रहने टिमलाई नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भुजेलले जानकारी गराए । प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १५ हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउने छन् ।
‘पढाइका अलावा विद्यार्थीहरुमा अत्तिरिक्त क्रियाकलापमा प्रतिभा हुन्छ । उनीहरुको प्रतिभा पहिचान गर्न हामीले विगत ४ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छौं । खेलकुद बाहेक अन्य अत्तिरिक्ति क्रियाकलाप पनि विद्यालयले आयोजना गर्दै आएको छ ।’– अध्यक्ष भुजेलले भने ‘खेलकुद पनि मानव जीवनको एक जरुरी हिस्सा हो । किनकि यसले मानिसलाई मानसिक र शारीरिक रुपमा तन्दुरुस्त राख्न सहयोग गर्छ । यस्तै विद्यालयस्तरका खेलकुदबाट भविष्यका स्टार खेलाडीको पहिचान गर्न सकिन्छ भन्ने मेरो विश्वास हो । त्यसैले यो प्रतियोगितालाई हामीले निरन्तरता दिने सोच बनाएका छौं ।’
प्रतियोगताका खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै फुटबल मैदानमा हुनेछ ।






प्रतिकृया