• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

न्यू भिजन एकेडेमीमा माघ मसान्तसम्म निःशुल्क भर्ना

प्रकाशित मिति

२०७६ माघ १६ गते, बिहीबार ०४:२३

काठमाडौं, सरस्वती पुजाको अवसरमा कोटेश्वरस्थित न्यु भिजन एकेडेमी स्कुलले विभिन्न सांस्कृतिक कार्यक्रम मनाएको छ । आज बिहान ८ वजे देखि १० वजे सम्म सरस्वतीको पुजा आरधाना कार्यक्रम गरियोे । १० वजे पश्चात सांस्कृतिक कार्यक्रम सुरु हुने विद्यालयका प्रध्यापक गणेश कुमार भट्टराईले बताउनुभयो ।

पुजाको अवसरमा विद्यालयमा प्ले ग्रुपमा विशेष छुटका साथ २३ जना भर्ना भएका छन् । प्ले ग्रुपको आउँदो सोमबारबाट कक्षा सन्चालन हुदैछ । आज भर्ना भएका विद्यार्थीलाई आउदो शैक्षिक शस्त्र २०७७ मा निशुल्क गाडीको व्यवस्था गरिएको प्रध्यापक भट्टराईले जानकारी दिनुभयो । उहाँले प्ले गु्रपका विद्यार्थीलाई खेल्ने वातावरणमा पढाउने र सिकाउने बताउनुभयो ।

Kamana Sewa

स्कुलका व्यवास्थपक टंक बहादुर थापाले २०७७ सालमा भर्ना हुने विद्यार्थीलाई लक्षित गरेर माघ मसान्त सम्म नयाँ विद्यार्थीको निःशुल्क भर्ना हुने योजना ल्याएको बताउनुभयो । स्कुलमा नर्सरी देखि कक्षा ११ का विद्यार्थीहरुले वर्ष भरी गरेका अतिरिक्त क्रियाकलापको छोटो प्रस्तुती गरिएको उहाँले बताउनुभयो । यस्ता कार्यक्रमले सांस्कृतिक जोगाइ राख्ने मद्दत हुनुका साथै अभिभावकले आफ्नो नानी बाबुको वर्ष भरीको अतिरिक्त क्रियाकलाप हेर्ना पाउने बताउनुभयो ।

Classic Tech Desktop

अभिभावको प्रतिक्रिया–
विगत भन्दा न्यु भिजन एकेडेमी धेरै सुधार भएको पाए । बच्चाहरुको हेरचाह तथा पढाई राम्रो छ । खानपिन व्यवस्था राम्रो छ । आरु स्कुल भन्दा सस्तो छ । मेरो छोरा छोरीहरुलाई अर्को स्कुलबाट ल्याएर एक वर्षदेखि यही स्कुलमा पढाई रहेकी छु । धेरै स्कुलहरुको मूल्याङ्कन गरी मलाई यहीँ स्कुल नै मन पर्यो । आगामी दिनमा अझै राम्रो व्यवस्था गर्दे जाओस् शुभकामना छ ।

प्रतिकृया