• १९ भदौ २०८३, शुक्रबार
  • ५ः२२ बिहान

बोराले किचेर एकै परिवारका चार जनाको मृत्यु

प्रकाशित मिति

२०७६ माघ १६ गते, बिहीबार १०:४७

कपिलवस्तु, आफैंले संकलन गरेको बोराको थुप्रोले किचेर कपिलवस्तुमा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय सहजत हुसेन, हुसेनकी श्रीमती २६ वर्षीया सद्दाम खातुन, ६ वर्षका छोरो सुल्तान हुसेन र २ वर्षकी छोरी सहिना खातुन छन्। उनीहरुको मृत्युबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। भारतको विहार स्थायी घर भएका उनीहरूको सिद्धार्थनगरको गलामण्डीमा मृत्यु भएको हो।

कपिलवस्तु प्रहरीका अनुसार कवाडी सामान जम्मा गर्ने र बोरा सिलाउने काम गर्दै आएका उनीहरुको सुतेकै बेला बोराको खातले थिचिएर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। बोराको खातले पुरेपछि श्वास फेर्न नसक्दा उनीहरुको ज्यान गएको प्रहरीको भनाइ छ।

Kamana Sewa

प्रतिकृया