• २० भदौ २०८३, शनिबार
  • ११ः२० बिहान

रजनीकान्त विवादमा परेपछि…

प्रकाशित मिति

२०७६ माघ १६ गते, बिहीबार १०:३३

एजेन्सी, भारतीय सुपरस्टार रजनीकान्त डिस्कभरि च्यानलको चर्चित शो ‘म्यान भर्सेस वाइल्ड’ को सुटिङ्गका कारण चर्चामा आएका छन्। बियर ग्रिल्सले सञ्चालन गर्ने कार्यक्रमको लागि एपिसोड बन्दीपुर नेशनल पार्कमा सुटिङ्ग भएको थियो । पार्कमा सुटिङ्ग भएको कुरा कतिलाई मन परेको थिएन । बन्दीपुर नेशनल पार्क बाघ संरक्षण क्षेत्र भएकाले यही कारण अभियन्ताहरुले रजनीकान्तका लागि उक्त क्षेत्रमा सुटिङ्ग गर्नु गलत भएको भन्दै विरोध गरेका हुन्।

National Life

उनीहरुले शोका छायांकन सदस्य उक्त नेशनल पार्कमा रहँदा त्यहाँका जनावरमाथि खतरा हुनसक्ने बताएका छन्। सुख्खा मौसमका कारण यो नेशनल पार्कमा आगो लाग्न सक्ने र त्यसलाई नियन्त्रणमा लिन असम्भव भएको उनीहरुको तर्क छ। एक अभियन्ताका अनुसार यो सुटिङ्ग सुख्खा मौसममा भन्दा बर्षातको समयमा गर्न सकिन्थ्यो। जसले कारणले उनीहरुले रजनीकान्तको सुटिङ्गमाथि आपत्ति व्यक्त गर्दै उनलाई चाँडो पक्राउ गर्नुपर्ने माग समेत गरेका छन् ।

प्रतिकृया