• १९ भदौ २०८३, शुक्रबार
  • ३ः४३ राती

कोरोना भाइरसले नेपाल एयरलाइन्सको चीन उडानमा प्रभावित

प्रकाशित मिति

२०७६ माघ १६ गते, बिहीबार ११:०३

काठमाडौं, कोरोना भाइरसका कारण नेपाल एयरलाइन्सको चीन उडान प्रभावित हुने भएको छ। नेपाल एयरलाइन्सले मार्चको दोस्रो साताबाट चीनको गोन्जाओ उडान तयारी गरेको थियो। तर, चीनमा देखा परेको कोराना भाइरसका कारण उडान के गर्ने भन्ने विषयमा नेपाल एयरलाइन्समा छलफल सुरु भएको छ।

नेपाल एयरलाइन्सले चीन उडानको विषयमा छलफल सुरु भएको जनाएको छ । पहिलेकै तयारीअनुसार चीन उडान गर्ने वा नयाँ तालिका सार्वजनिक गरेर उडान गर्ने भन्ने विषयमा छलफल सुरु भएको जनाएको छ । नेपाल एयरलाइन्सले चीन उडानका लागि मंसिरमा अनुमति पाएको थियो। अनुमति पाएसँगै गोन्जाओ उडान गर्ने तयारी गरेको थियो।

Kamana Sewa

प्रतिकृया