• २१ भदौ २०८३, आइतबार
  • ६ः३८ बेलुका

सरकारले मापदण्ड विपरीतका पेट्रोल पम्पलाई कारबाही गर्ने तयारी गर्दै

प्रकाशित मिति

२०७६ माघ १४ गते, मंगलवार १२:२१

काठमाडौं : प्रधानमन्त्री कार्यालयले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको पेट्रोल पम्पले मापदण्ड पालना नगरेको विषयमा नेपाल आयल निगमलाई पत्र पठाएपछि निगमले १८ पेट्रोल पम्पलाई १५ दिन मित्र पम्प स्थानान्तरणको कार्ययोजना पेश गर्न पत्र पठाएको छ ।

National Life

पेट्रोलियम पदार्थ जस्तो अत्यन्त प्रज्वलनशील पदार्थको उचित व्यवस्थापन नहुँदा काठमाडौं उपत्यका उच्च जोखममा पर्दै गएको छ । मापदण्ड विपरित पेट्रोल पम्प सञ्चालन भएका कारण काठमाडौं उपत्यका जोखममा देखिएको हो ।

काठमाडौंमा सञ्चालनमा रहेका अधिकांश पेट्रोल पम्प मापदण्ड विपरित रहेको नेपाल आयल निगमले नै बताउँदै आएको छ । काठमाडौं उपत्यकामा मात्र १८ पेट्रोल पम्प तोकिएको मापदण्ड विपरित सञ्चालनमा रहेको निगम श्रोतले बताएको छ । अरु त अरु साझा पट्रोल पम्प समेत मापदण्ड विपरित भएको निगमले जनाएको छ ।

Classic Tech Desktop

सडकपेटीको छेउमा, घरहरुको नजिक पम्प सञ्चालन गर्न पाइदैन । साथै, त्यसको वरीपरि आगो जन्य बस्तु ९चुरोट जस्ता बस्तु० प्रयोग गर्न पाइदैन । तर अहिले काठमाडौंमा सञ्चालनमा रहेको पेट्रोलपम्पले त्यस्तो कुनै मापदण्डलाई पालना गरेको पाईदैन । यहाँ सडक छेउ र बाक्लो जनघनत्व भएको ठाउँमै पम्प संचालनमा रहेका छन् ।

पट्रोल पम्प अत्यन्त जोखिम युक्त मानिन्छ । यदि, कसैगरी आगलागी भयो भने त्यस वरपरका बस्ती नै धवस्त हुने सम्भावना रहन्छ । तसर्थ, सुरक्षा दृष्टिकोणले पेट्रोल पम्प अत्यन्त सम्बेदनशिल छ । त्यसैले यो सञ्चालनको लागि निगमले मापदण्ड तय गरेको छ ।

यी हुन् मापदण्ड विवरीतका पेट्रोल पम्प
१ कनक पेट्रोल पम्प, कालीमाटि

२ जयन्ती पट्रोल पम्प, थापाथली

३बालकुमारी पेट्रोल पम्प, चापागाउँ

४ं कोत थुकु पट्रोल पम्प, बालाजु
६ बज्रवाराही पट्रोल पम्प, चापागाउँ
५  टीकाभैरव डिजेर स्टो, चापागाउँ

७ बाबा पट्रोल पम्प, कलंकी
८ श्यामा पेट्रोल पम्प, कलंकी
९ त्रिशूल पेट्रोल पम्प, कलंकी

१० भ्याली रिकशे पेट्रोल पम्प, कोटेश्वर
११ कामाख्या पट्रोल पम्प, कोटेश्वर
१२ जुबी पेट्रोल पम्प, बौद्ध

१३ बराल पेट्रोल पम्प, बौद्ध
१४ साझा पट्रोल पम्प, जावलाखेल
१५ं एजपी इन्टरनेसनल, जावलाखेल

१६ मायाराम भोलाराम पट्रोल पम्प, थापाथली
१७ सीता पेट्रोल पम्प, महाराजगन्ज
१८ गायत्री पेट्रोल पम्प, जावलाखेल

प्रतिकृया