• २१ भदौ २०८३, आइतबार
  • ३ः४८ दिउँसो

बिगबोसमा आसिमलाई सलमानको गाली ,थुप्रै दर्शक निराश

प्रकाशित मिति

२०७६ माघ १२ गते, आईतवार ११:१७

 

National Life

मुम्बइ । भारतीय चर्चित रियालिटी शो ‘बिगबोस’का थुप्रै दर्शक पछिल्लो शनिबार निराश बने ।

सञ्चालक सलमान खानको प्रस्तुतीबाट आफूहरु असन्तुष्ट बनेको भन्दै केहीले त कडा आलोचना पनि गरेका छन् । बलिउडकर्मीले समेत बिगबोस ‘बायस’ बनेको टिप्पणी गर्न थालेका छन् ।

Classic Tech Desktop

खासगरी बिगबोसको घरभित्र आसिम रियाज र सिद्धार्थ सुक्लाको झगडालाई लिएर सामाजिक सञ्जाल तातेको थियो ।

साथै बिगबोसको अघिल्लो एपिसोडका कलाकारले समेत सिद्धार्थको हर्कतको विरोध गरेका छन् । अघिल्लो एपिसोडका विजेता तथा कलाकार प्रिन्स नरुला, गौतम गुलाटी, हिना खान लगायत कलाकार आसिमको पक्षमा छन् ।

स्मरणीय के छ भने, अघिल्लो ‘विकेन्ड’ मा सलमान खानले सिद्धार्थलाई गल्ती दोहोर्याए शो बाटै बाहिर निकाल्ने चेतावनी दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर प्रियंका चोपडाकी बहिनी मिराले सलमानले यही शनिबार सिद्धार्थलाईन निकाले उनी पूर्वाग्रही भएको हुने तर्क गरेकी थिइन् ।

अन्ततः यस पटकको विकेन्डमा पनि सलमानले सिद्धार्थलाई हप्काउनुको सट्टा आसिमलाई नै गाली गरे । सिद्धार्थलाई उनले गल्ती औंल्याइदिएका मात्रै थिए । जब कि, सिद्धार्थले पटक पटक आसिम र सेहेनासँग झगडा गर्दा ‘बाबु’को नाम जोडेर गाली गरेका थिए ।

त्यति मात्रै हैन, उनले ‘कन्फेसन रुम’ मा गएर आसिमलाई कुट्न अनुमति समेत मागेका थिए । तै पनि बिगबोसले सिद्धार्थलाई औंल्याएर हप्काएन । न त सलमानले नै सिद्धार्थलाई हप्काए । पछिल्लो साता बिगबोसमा सिद्धार्थ आलोचित हुनुपथ्र्यो । तर भएनन् । केही सेलिब्रिटीले त बिगबोस र सलमानलाई ट्याग गर्दै ‘सिद्धार्थले माफी मागेर मात्रै नपुग्ने’ भन्दै टिप्पणी गरेका थिए ।

प्रतिकृया