कुलत ले लियो छोराको ज्यान
प्रकाशित मिति
२०७६ माघ ११ गते, शनिबार ११:१६
आन्टि चिया बन्छ ?
बन्छ नि बाबू कति ओटा बनाउने हो र ?
एउटा बनाउनुस न black tea !
ए हस बस्दै गर्नुस है त .
हस…अनि सुन्नुस न एउटा सुर्य पनि दिनुस् है .

“हामी चुरोट बेच्दैनौ नि बाबू, तिमी जस्तै जवान केटाहरु सबै मेरा छोरा जस्तै हुन ! म मेरा छोराहरु कुलतमा फसेको कसरी हेर्न सक्छु र ?

म छक्क परे, विराटनगर भित्रका अधिकांस होटलहरुमा, चिया पसलहरुमा चुरोट पाइन्छ, अझ भनौ चुरोट भएन भने पसल नै चल्दैन , तर यहाँ चुरोट नै छैन, अझ बेच्ने गरेकै छैन रे !
“बाबु चुरोट खाने नै भए उ तल्लो पसलमा पाइन्छ“ भन्नुभयो ।
घरबाट केही टाढा भएकाले घरको यादले नसताउने त कुरै भएन, त्यही माथी चिया पसलकी आण्टीले छोरा भनेर सम्बोधन गरे पछि चुरोट किन्ने आट नै आएन, मैले चिया मात्र पिउने निर्णय गरे ।
उहाँले चिया मेरो टेबल मा राखिदिएर ..
करेशाबारीमा रोपेका धनियाका स-साना मुठा बनाउदै बोल्न लाग्नु भयो !
“तिमी जस्तै छोरो थियो, कुलत मा फस्यो, चुरोट चुरोटबाट बिस्तारै गाजा , साथीभाइको संगतले हरेक कुरा खान थाल्यो ,
नखा भनेर धेरै सम्झाइ बुझाइ गर्यौ एक्लो छोरो रिसाएनी माया लाग्ने , उस्का हरेक चाहाना पूरा गरिदिन नाई नास्ती गरेनौ, हुर्किदै गयो,उस्ले चाहेका कुरा मनखुसी गर्दै गयो “
अनि अहिले चै उस्ले चुरोटहरु खान छोड्यो र आन्टी ? मैले सोधे ।
अहिले उस्ले चाहेर पनि खान सक्दैन
हामिले खाउ बाबू भनेर भन्न पनि सक्दैनौं
साझ ममि ढोका खोल न भन्छ कि झै लाग्छ
यो मोबाईल मा ममि म आज आउदिन साथिकै मा बस्छु है भन्दै फोन गर्छ कि झै लाग्छ ,
कहिलेकाहीँ झुक्किएर उस्लाई पनि खाना बसाल्छु “
म केही बोल्नै सकिन, चिया पिइरहे..
“ यहाँ चिया पिउन आउने 15-20 जना ले चुरोट छोडी सके बाबू भन्दै धनियाका मुठ्ठा पखाल्न भित्र छिर्नु भयो !
धनियाका मुठ्ठा पखाल्न छिर्नु भयो कि छोराका यादले झरेका आँसु पखाल्न छिर्नु भयो मैले पत्तो पाउन सकिन!




प्रतिकृया