• ९ असोज २०८३, शुक्रबार
  • ५ः५२ बेलुका

शङकरमा परीक्षाको नतिजा प्रकाशन संगै दोस्रो फुड फेस्ट/ विज्ञान प्रर्दशनी र चित्रकला प्रर्दशनी

प्रकाशित मिति

२०७६ माघ ५ गते, आईतवार ०५:३७

भक्तपुर, सुर्यविनायक नगरपालिका–४ दधिकोटस्थित शङकर नेशनल स्कुलद्वारा शनिबार आयोजना गरेको दोस्रो शङकर फुड फेस्ट र विज्ञान प्रर्दशनी ÷चित्रकला प्रर्दशनीसंगै परीक्षा नतिजाा वितरण गरिएको थियो । कार्यक्रममा सदन अनुसार विद्यार्थीहरुलाई आ— आफ्नो जिम्मेवारी दिएको थियो । उतm फुड फेस्टका लागि चार सदनले चारवटा फुड स्टल राखेका थिए ।

National Life

उतm फुड स्टलमा फरक फरक परिकारहरु विद्यार्थीहरुले आफै तयार पारी व्यापार पनि गरेका थिए । यो दिनलाई विजनेस डे को रुपमा ओ.बि.टि.इ विषयको प्रयोगात्मक कक्षा संगै जोडिएर गरिएको थियो । विज्ञान प्रर्दशनीमा हाइड्रोलिक सिस्टम देखि ग्रिन हाउस र भिजिट “नेपालको नमुना” नेपाल प्रर्दशनीमा राखिएको थियो साथै कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुले १११ वटा आफैले कोरिएका चित्रहरु प्रर्दशनीमा राखिएको थियो। यो कार्यक्रममा परीक्षा नतिजा लिन आउनु हुने सम्पूर्ण अभिभावकहरुको उत्साहन सहभागीता रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

आ—आफ्ना नानीबाबुहरुको नतिजासंगै आफ्ना नानी बाबुहरुले कोरेका चित्र बनाएको विभिन्न विज्ञानको सामाग्रीको साथमा नानीबाबुहरुले नै तयार पारेका विभिन्न खाने परिकारहरु अभिभावकहरु र अन्य आगन्तुक स्कुल कर्मचारीहरुले अनुभव लिने अवसर मिलेको थियो । कार्यक्रममा शिक्षामा गुणस्तर स्ंस्कार र व्यवहारका कुराहरु जेडिनु पर्ने विद्यालयका प्रधानाध्यापक ज्यु श्री शरण चौलागाईले भन्नुभएको थियो ।

 

प्रतिकृया