• ४ साउन २०८३, सोमबार
  • १:११ बिहान

दुई छोरासहित एक दम्पतिले किन त्रिशूली हाम फाले ?

प्रकाशित मिति

२०७६ माघ ३ गते, शुक्रबार १२:०१

धादिङः धादिङमा एक दम्पतीले दुई बच्चासहित झलुंगे पुलबाट त्रिशूलीमा हाम फालेका छन् । जिल्लाको बेनीघाटको बाँदरेस्थित झलुंगे पुलबाट बच्चा बोकेर दम्पती हाम फालेका हुन् । हाम फालेको स्थानीयहरुले देखेपछि र्याटिङको टोलीले खोजी श्रीमानको शकुशल र श्रीमतीलाई मृत अवस्थामा फेला पारिएको छ दुई बच्चा वेपत्ता भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ थानकोट घरभइ गजुरीस्थित आदमघाट ससुराली आएका अन्दाजी ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती जमुनाले त्रिशुलीमा हाम फालेका थिए । उनीहरुले आफ्ना २ वर्षीय र ६ महिने छोरासहित बिहीबार साँझ साढे ६ बजे धादिङ र गोरखाको घ्याल्चोक जोडने पुलबाट हाम्फालेको प्रहरीले बताएको छ।

Kamana Sewa

दुई छोरासहित विनयका दम्पतिले किन हाम फाले ?

Classic Tech Desktop

पत्नी र दुई छोरासहित त्रिशुली नदीमा हामफालेका विनय लामिछानेले ऋणमा डुबेर आत्महत्या रोजेको बयान दिएका छन् । धादिङ प्रहरीका अनुसार उनीसँगको बयान र प्रारम्भिक अनुसन्धानबाट ऋणमा डुबेर आत्महत्या रोजेको खुलेको हो ।

लामिछानेको थानकोटस्थित घरमा समेत सुसाइड नोट फेला परेको छ । प्रहरीले घरमा खानतलासी गर्दा सुसाइड नोट फेला पारेको हो । सुसाइड नोटमा व्यापारमा घाटा भएपछि परिवारसहित आत्महत्या रोज्नुपरेको उल्लेख रहेको प्रहरी स्रोतले बताएको छ ।

प्रतिकृया