• २१ जेठ २०८३, बिहीबार
  • ५:५७ बेलुका

सुडानमा विमान दुर्घटना १८ जनाको मुत्यु

प्रकाशित मिति

२०७६ पुष १८ गते, शुक्रबार ०८:०५

सुडान ,सुडानमा सैन्य विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ। पश्चिमी डार्फुर राज्यमा सैन्य विमान दुर्घटनामा परेको हो। घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।

प्रान्तीय राजधानी एल जेनिनाको एयरपोर्टबाट उडेको पाँच मिनेटमै विमान दुर्घटनामा परेको थियो । उक्त विमानले हालै जातीय समूहहरू बीच ठूलो झडप भएको क्षेत्रमा राहत सहयोग पुर्‍याइरहेको थियो। मृत्यु हुनेमा सात चालक दलका सदस्यहरू, तीन न्यायाधीश र आठ नागरिक रहेको र चार बालबालिका रहेको जनाइएको छ।

Kamana Sewa

प्रतिकृया