• ६ असोज २०८३, मंगलबार
  • २ः०६ राती

लुम्बिनी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिगतामा मकवानपुरलाई २३ पदक

प्रकाशित मिति

२०७६ पुष १८ गते, शुक्रबार ०७:५५

हेटौंडा , नेपाल भ्रमण वर्षको अवसरमा नवलपुर जिल्लामा आयोजना भएको लुम्बिनी अन्तर्राष्ट्रिय तेक्वादोमा मकवानपुरका २३ जना खेलाडीले पदक जितेका छन्। राष्ट्रिय तेक्वान्दो संघ नेपाल मकवानपुरको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी विभिन्न तौलका खेलाडीले नौ स्वर्ण, आठ रजत र ६ वटा काँस्य पदक हात जितेका हुन्। उपाधि विजेतामा पुरुषतर्फ सब जुनियरमा कुशल साखी, १६ देखि ४५ किलो तौल समूहमा रिमेश अधिकारी, १७ देखि ६० किलो तौल समूहमा सुरज स्याङबो, १९ देखि ६४ किलो तौल समूहमा रमेश बस्नेत र सिनियर ७ं० किलो तौल समूहमा रामलाल गोलेले स्वर्ण पदक जितोका छन्।

National Life

महिला तौल समूह अन्तर्गत भएको खेलमा सबजुनियर २२ किलो तौल समूहमा अजिता लामा, क्याडेट २५ किलो तौल समूहमा सजिना बिक, जुनियर ५५ किलो तौल समूहमा बिविका थापा मगर र जुनियर ५९ किलो तौल समूहमा सन्जु ढुङ्गानाले स्वर्ण पदक जितेको राष्ट्रिय तेक्वान्दो संघ नेपाल मकवानपुरका अध्यक्ष मदनकुमार श्रेष्ठले जानकारी दिएका छन्। प्रतियोगितामा सहभागी पुरुषतर्फ क्याडेटमा मुकुन्द तिमिल्सिना, ४७ किलो तौल समूहमा विश्वराज खड्का, जुनियर ४० किलो तौल समूहमा तेजकुमारी चेपाङ, ४५ किलो तौल समूहमा सन्देश मुक्तान, जुनियर पुम्सेतर्फ सुरज स्याङबो, आदित्य पराजुली, महिलातर्फ सिनियर ५२ किलो तौल समूहमा अमृता स्याङतान, ५४ किलो तौल समूहमा प्रजिता थोकर, जुनियर ४६ किलो तौल समूहमा मुनाल चेपाङले रजत पदक जितेका छन्।

प्रतियोगितामा सहभागी सबजुनियर २२ किलो तौल समूहमा रुपेश घलान, क्याडेट २५ किलो तौल समूहमा सुविक्षा घलान, क्याडेट ४३ किलो तौल समूहमा अभिषेक बानियाँ, जुनियर ४५ किलो तौल समूहमा प्रदिप पराजुली र जुनियर ५८ किलो तौल समूहमा सन्तोष बस्नेतले कास्य पदक प्राप्त गरेका छन्। जिल्लाका प्रतिनिधित्व गर्दै ३१ जना खेलाडी सहभागी भएको प्रतियोगिता पुसको १४ र १५ गते भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया