कांग्रेस र समाजवादी बीच गठबन्धन
प्रकाशित मिति
२०७६ पुष १८ गते, शुक्रबार ०८:१६
काठमाडौं , सरकारबाट बाहिरिएको समाजवादी पार्टी प्रमुख प्रतिपक्षी कांग्रेससँग नजिकिएको छ । राष्ट्रियसभाको चुनावमा कांग्रेस र समाजवादी बीच गठबन्धन हुने भएको छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेगरि दुवै दल सहमत भएका छन् ।कांग्रेसभित्रको विवाद समाधान भएलगत्तै सहमतिलाई औप्चारीक गर्ने एक नेताले बताएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा वाहेक सबै दलसँग तालमेल हुन सक्ने बताए का छन्।
उहाले भर्नुृ भयो , ‘राष्ट्रियसभा निर्वाचनमा पनि विपक्षमा रहेका दलहरु एकजुट हुनु आवश्यक छ। त्यसका लागि कांग्रेसले सबै विकल्प खुला गरेको हो।’उम्मेदवार छनौट गर्ने जिम्मा पदाधिकारीलाई दिएपनि पदाधिकरी एक ठाउँमा बस्न सकेका छैनन । नेकपा र राजपाले सहकार्य गर्ने निर्णय गरिसकेका छन् ।प्रदेश २ मा रिक्त हुने राष्ट्रियसभाका ४ सिट उनीहरुकै पोल्टामा पर्ने देखिन्छ। दुई दलबीच २(२ सिट भाग लगाइएको छ।





प्रतिकृया