• २४ भदौ २०८३, बुधबार
  • १ः५३ दिउँसो

ए डिभिजन लिग : आज दुई खेल हुँदै

प्रकाशित मिति

२०७६ पुष १४ गते, सोमबार ११:०९

काठमाडौँ, शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत चौथो चरणका खेलहरु सोमबारदेखि सुरु हुँदैछ । यसअघिका खेल सातदोबाटो र दशरथ रंगशालामा हुँदै आएको भए पनि चौथो चरणका सबै खेल सातदोेबाटोमा हुने भएका छन् ।

National Life

दशरथ रंगशालमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम हुने भएकोले चौथो चरणको सबै खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा सारिएको हो ।

चौथो चरणअन्तर्गत सोमबार दुई खेल हुँदैछन् । मच्छिन्द्र क्लब र न्यु रोड टिम (एनआरटी) बीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ भने मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच दोस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया