• १८ भदौ २०८३, बिहीबार
  • ६ः४५ बेलुका

एक हप्ते निःशुल्क दन्त शिबिर सम्पन्न, एक हजार एक सय चार जना लाभन्वित

प्रकाशित मिति

२०७६ पुष १४ गते, सोमबार १२:०३

भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डूमा एक हप्ते निःशुल्क दन्त शिबिर सम्पन्न भएको छ । शिबिरबाट एक हजार एक सय चार जना लाभन्वित भएका सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा दाँत सफा गर्ने, दाँत भर्ने, चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको दाँतमा लेप लगाउने, निःशुल्क दाँतको औषधी वितरण र दाँत सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भएको थियो ।

Kamana Sewa

Classic Tech Desktop

स्वास्थ्य शिबिरमा उपस्थित भइ दाँत सम्बन्धी सेवा दिनुभएका नेपाली स्वास्थकर्मी ७ जना र अष्ट्रेलियन स्वास्थकर्मी १८ जना गरी २५ जना स्वास्थकर्मी , संघसंस्था, जनप्रतिनिधि लगायत स्थानियबसीहरुलाई निःशुल्क दन्त शिविरमा सहयोग गर्नु भएकोमा वडा अध्यक्ष सापकोटाले धन्यवाद ज्ञापन गर्नुभयो ।

दन्त शिविर यही पुस ७ गतेदेखि १३ गतेसम्म निःशुल्क संचालन भएको थियो । सूर्यविनायक नगरपालिका–७ गुण्डूको आयोजना तथा फारमिङ कम्युनिष्ट डेन्ट्रिस्ट्रको प्राविध सहयोगमा गुण्डू स्वास्थ्य चौकीमा एक हप्त सम्म विहान १० बजेदेखि ४ बजेसम्म दन्त सेवा सञ्चालन भएको थियो ।

प्रतिकृया