• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ क्लिक गरेमा फेसबुक ह्याक हुन सक्ने

प्रकाशित मिति

२०७६ पुष १४ गते, सोमबार १०:४३

काठमाडौँ, सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा नयाँ वर्ष २०२० को शुभकामना दिने ‘म्यासेज’ भाइरल भएको छ । तपाईंलाई आएको उक्त म्यासेजमा क्लिक गर्नुभयो भने घण्टी भएको ठाउँ खुल्छ । त्यसलाई पनि क्लिक गरेमा नयाँ वर्ष २०२० को शुभकामना प्राप्त हुन्छ । यो म्यासेजलाई तपाइले अन्य साथीहरुलाइ पनि पठाउने व्यवस्था मिलाइएको छ ।

जसका लागि तपाइले बक्समा कुनै साथीको नाम लेख्नुभयो भने उक्त म्यासजे अरुलाई पनि जानेछ । यो म्यासेजलाइ सामाजिक सञ्जालमा भाइरस भनेर समेत चर्चा गरिएको थियो । बास्तवमा यो नयाँ वर्षको शुभकामना दिनका लागि बनाइएको एउटा तरिका मात्र भएको जनाइन्छ ।

Kamana Sewa

यस्ता म्यासेजबाट तपाइको फेसबुक एकाउन्टमा अनाधिकृत पहुँच राख्न सक्ने खतरा भने रहन सक्छ । यस्ता खालका म्यासेजले तपाईंको फेसबुक ह्याक हुने, अरूसँग गरिएका गोप्य कुराकानी बाहिरिने सम्भावना पनि रहन सक्छ । किनकी यसअघि एउटा अश्लील म्यासेज पनि यसैगरी भाइरल बनेको थियो ।

Classic Tech Desktop

तपाईंको फेसबुक म्यासेन्जरमा पनि साथीको सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला । ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भनेर लेखिएको उक्त म्यासेज शुभकामनाका दिने प्रयोजनका लागि बनाइएको जनाइन्छ ।

प्रतिकृया