• २ असोज २०८३, शुक्रबार
  • ६ः५० बेलुका

प्रधानसेनापति थापा औपचारिक भ्रमणका लागि बंगलादेश जाँदै

प्रकाशित मिति

२०७६ पुष ६ गते, आईतवार ०५:०६

काठमाडौँ, प्रधानसेनापति पूर्णचन्द्र थापा चारका लागि औपचारिक भ्रमणमा बंगलादेश जादै हुनुहुन्छ । बंगलादेशका प्रधानसेनापति अजिज अहमदको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा पुस २८ गते बंगलादेशको राजधानी ढाका जाने हुनुभएको हो ।

National Life

मन्त्रिपरिषद् बैठकले उहाँको भ्रमण स्वीकृत गरिसकेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले नियमित औपचारिक भ्रमणमा प्रधानसेनापतिको भ्रमण हुन लागेको जानकारी दिनुभएको छ ।

प्रधानसेनापति थापाले बंगलादेश सरकारका उच्च अधिकारीसँग शिष्टाचार वार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानसेनापति थापा १ माघमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया