अब नेपाल टेलिकमको वेबसाइटबाटै नम्बर पाउन सकिने
प्रकाशित मिति
२०७६ पुष ६ गते, आईतवार ०४:५१
काठमाडौँ, नेपाल टेलिकमले वेबसाइटबाट नै अब आवश्यकता बमोजिमको टेलिफोन नम्बर थाहा पाउन सकिने नयाँ सुविधा ल्याएको छ । यसअघि थाहा नभएका टेलिफोन नम्बरहरु १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाटै पनि हेर्न सकिने भएको हो ।
यसका लागि कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउरउकतल मा लगअन गर्नु पर्नेछ । त्यसपछि त्यहाँ दिइएको टेलिफोन इन्क्वाइरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिने कम्पनीले जनाएको छ ।
व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यस्तै, संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
डाटा प्रयोगकर्ताहरुको संख्यामा उल्लेख्य वृद्धि भएको कारणले गर्दा पनि ग्राहकहरुलाई वैकल्पिक माध्यमबाट जुनसुकै बेला सेवा उपलब्ध गराउन सो व्यवस्था ल्याइएको कम्पनीले जनाएको छ ।






प्रतिकृया