• ४ असोज २०८३, आइतबार
  • ८ः०२ राती

छ केजी लागूऔषधसहित चार जना पक्राउ

प्रकाशित मिति

२०७६ पुष ६ गते, आईतवार ०५:१८

काठमाडौँ, काठमाडौंबाट ६ केजी अवैध लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार हङकङ जान लागेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राहदानी नम्बर एबी २७१२०६० भएको २१ वर्षका बेलारुसी नागरिक पाभेल भेसिलयू र राहदानी नम्बर केएच २४६४४२६ वाहक वर्ष २१ की एलिना एल्डोसाइना पक्राउ परेका हुन् ।

National Life

विमानस्थलको प्रस्थान कक्षमा पाभेल र एलिनाको सुटकेश चेकजाँच गर्ने क्रममा दुवै जनाको सुटकेशमा रहेको ४र४ वटा ज्याकेटमा फल्स बटम बनाइ लैजान लागेको अवस्थमा ६ केजी कोकिन बरामद भएको डीआइजी दिनेश अमात्यले जानकारी दिए । वोलिभियन नागरिक रोबर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेज भने लाजिम्पाटस्थित लस्ट गार्डेन होटलबाट पक्राउ परेका हुन् ।विमानस्थलमा पक्राउ परेका पाभेल र एलिनाको वयानका आधारमा प्रहरीले उनीहरुलाई होटलबाट पक्राउ गर्न सफल भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

डीआइजी अमात्यले भने, ‘बरामद गरिएका कोकिनको प्रयोग युरोपियन मुलुकका साथै जापान, चीन लगायतका देशमा हुने गरेको छ । तर नेपालमा भने यसको प्रयोग भएको पाइँदैन ।’ बरामद भएको कोकिनको बजार मूल्य करिब १५ करोड रुपैयाँ बराबरको हुन सक्ने अमात्यले बताए । पक्राउ परेका चार जनालाई लागूऔषध नियन्त्रण ऐन बमोजिम मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया