• ४ असोज २०८३, आइतबार
  • ६ः२४ बेलुका

बालुवा तस्कारी गर्ने चार महिन्द्रा निसान गाडी प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०७६ पुष ६ गते, आईतवार ०५:३२

भक्तपुर, मध्यपुर ठिमि नगरपालिका –८ स्थित मनोहरा खोलामा निसान गाडी हालेर बालुवा चोरी तस्करी गरी रहेको अवस्थामा शुक्रबार राति चारवटा महिन्द्रा निसान गाडीलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।

National Life

नियन्त्रणमा लिएइको गाडी नम्बर १बा. ४ ख ३४३७, २ बा.४ ख २३१६, ३ बा. २ ख ४४१६ र ४ प्रदेश नं.३–००१–००५ ख ९२५१ रहेका छन् भने गाडी संगै चालकलाई नियन्त्रणमा लिई ल्याउने प्रयास गर्दा प्रहरीसंग उल्टो वादविवाद गरि गाडी छोडी चालक फरार भएका छन् ।

गाडी प्रहरीले नियन्त्रणमा लिएर यस कार्यालयमा ल्याई अनुसन्धान भई रहेको र फरार चालक विरुद्ध अभद्र व्यवहारमा मुद्धा दर्ता गरि कार्वाही गरिने तथा चोरी तस्करी गरेकोमा सम्बन्धित नगरपालिकामा जरिवानाको लागि पठाईने भएको प्रहरी वृत्त ठिमीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया