• २९ भदौ २०८३, सोमबार
  • १ः४३ दिउँसो

भक्तपुरमा हरित पार्कको शिलान्यास, कपुरको बोटमुनी हिड्दा सुरुङ मार्ग हिडेजस्तो आभास हुने

प्रकाशित मिति

२०७६ मंसिर ३० गते, सोमबार ०२:३६

भक्तपुर, सूर्यविनायक नगरपालिकाको वडा नं. ५, ६ र ७ को संगम स्थल हात्ती गौडामा हरित पार्क तथा फुट ट्रेलको शिलान्यास भएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले संयुक्त रुपमा आज शिलान्यास गर्नुभएको हो ।

National Life

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको स्वीकृत योजना अनुसार एक करोडको लागतमा आर्थिक वर्ष २०७६र०७७ मा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरिएको उक्त पार्क निर्माणसँगै सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई विशेष सहयोग पुग्ने बुझिइएको छ । कपुरको बोटमुनी हिड्दा सुरुङ मार्ग हिडेजस्तो आभास हुने प्रकारको पार्क बन्ने भएको छ । उक्त पार्कको आसपासमा सुइमिङ पुल, ढुङ्गेधारा निर्माण गर्ने, कवोर्ड हल, बास्केट बल खेलमैदान, ओपन जिम, ग्रिन पार्कलगातका महत्वपूर्ण कार्यहरु बन्ने भएको छ । उक्त निर्माणसँगै उक्त स्थानमा निर्माण भएको फुटसलमा प्राक्टिर गर्ने स्थान मात्र नभई राष्ट्रिय स्तरको खेल नै सञ्चालन गर्न सकिने हुनेछ ।

कार्यक्रममा सांसद बस्नेतले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको राष्ट्रिय प्राणी उद्यान केन्द्र चार वर्ष अघि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा शिलान्यास भएको जानकारी गराउँदै उक्त प्राणी उद्यान केन्द्र स्वीकृतको चरणमा रहेको जानकारी गराउनु भएको छ । उद्यान दुई सय ४४ हेक्टर क्षेत्रफलमा निर्माणको क्रममा रहेको छ । उद्यान प्राणी उद्यान केन्द्रलाई चाँडो भन्दा चाँडो निर्माण सम्पन्न गर्ने बाटोमा अघि बढ्न सहयोग गर्न सम्बन्धीत निकायलाई आग्रह गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्राणी उद्यानको रिङ रोडको रुपमा १५ मिटरको सडक निर्माण भइरहेको जानकारी गराउँदै सांसद बस्नेतले विगतमा उपभोत्ता समिती तथा प्राणी उद्यानबीच भएको २७ बुँदे सहमती सहमति अनुसार नै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।प्राणी उद्यानसँग जोडिएका ठाउँहरुमा नयाँ सडक निर्माण गर्दा ७० प्रतिशत उद्यानको जग्गा र ३० प्रतिशत स्थानीयवासीको जग्गा लिने सहमति भएको जानकारी गराउँदै उहाँले उपत्यका विस्तार आयोजनाबाट बजेट समेत व्यवस्थापन भएको तर बन र प्राणी उद्यानको व्यवस्थापनबीच केही समस्या भएका कारण निर्माण कार्यमा ढिलाई भएको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा सांसद बस्नेतले मन्त्रालयका सचिव ओलीले मुलुकलाई स्वच्छ, सफा, हराभरा पार्क लगायतका कार्यहरु निर्माण गर्ने सरकारले अभियान नै सञ्चालन गरिरहेको उल्लेख गर्दै नेपालमा आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि उक्त निर्माण हुने पार्क एक महत्वपूर्ण क्षेत्रको रुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले नगरपालिकामा फोहोर फाल्ने ठाउँलाई मोहरको रुपमा विकास गर्दै लगिएको उल्लेख गर्दै आर्थिक समृद्धिको कार्यहरुमा विशेष रुपमा योजनाहरु अघि बढाइएको उल्लेख गर्नुभयो । प्राणी उद्यानका निर्देशक वेदकुमार ढकालले उद्यानले आफ्नो गुरु योजना स्वीकृत गर्ने क्रममा रहेको जानकारी गराउँदै विकास निर्माण तथा सहकार्यमा कुनै अवरोध नगर्ने प्रतिवद्धता जनाउनुभयो ।

सूर्यविनायक नगरपालिका वडा नं.७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले प्राणी उद्यान केन्द्रको निर्माण कार्यमा भएको सुस्तताले जनप्रतिनिधि तथा स्थानीयवासीमा निरासा पैदा भएको उल्लेख गर्दै उक्त निराशालाई तत्काल सम्बन्धीत निकायले समाधानको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया