• २९ भदौ २०८३, सोमबार
  • २ः१५ दिउँसो

छुरा प्रहार गर्ने तीन जना पक्राउ

प्रकाशित मिति

२०७६ मंसिर ३० गते, सोमबार ०३:१८

भक्तपुर, मंसिर २५ गते रातीको समयमा भक्तपुर नगरपालिका वडा नं.१० कमलबिनायक बसपार्कमा एक जनालाई धारिलो हतियार प्रहार गरी फरार रहेका तीन जनालाई महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरीले पक्राउ गरेको छ ।

National Life

घटनाको सुचना प्राप्त हुनासाथ घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी टोलीले फरार ब्यक्तिहरुको खोजतलास गर्दै जादाँ मंसिर २८ गते च्याम्हासिंह स्थित सडक खण्डबाट बंशगोपाल बस्ने १९ वर्षिय राम शेखर शिलाकार ,सोही ठाउका १९ वर्षिय समिर मंक र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नं.६ का बोडे बस्दै आएका १९ वर्षिय प्रबिण बस्नेत पक्राउ गरेको हो ।

मंसिर २५ गते रातीको समयमा भक्तपुर नगरपालिका वडा नं.१० कमलबिनायक बसपार्क स्थित विवाहको जन्त गई फर्कन लागेका सोही नगरपालिका वडा नं.९ च्याम्हासिंहमा बस्ने ४८ वर्षिय गंगा प्रसाद प्रजापतीलाई ३ जना ब्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाई फरार भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा राम शेखर शिलाकारको साथबाट ४०० ग्राम गाँजा समेत फेला परेको छ । तनिै जनालाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी मंसिर २८ गते जिल्ला अदालत पेश गरेकोमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको वृत्तले जनाएको छ ।

प्रतिकृया