रहस्यमय गाउँ जहाँ पुरुष विना नै आमा बन्छन् महिला
प्रकाशित मिति
२०७६ मंसिर ३० गते, सोमबार ०२:०४
एजेन्सी, विश्वमा हरेक दिन नयाँ र फरक काम तथा घटनाहरु भइरहेका हुनछन् । यस्ता कार्यहरु जुन हामीले सुन्दा सहजै विश्वास गर्न सकिदैन । आमा बन्नका लागि महिला तथा पुरुषको शारीरिक सम्बन्ध अनिवार्य हुन्छ । किनकि यो प्राकृतिक नियम नै हो । अहिलेको वैज्ञानिक युगमा पुरुषविना महिला आमा बन्न सक्दैनन् भन्न त सकिन्न तर धेरै समाजमा मान्य हुदैन ।
पुरुषको शुक्राणु र महिलाको रसको मिलनबाट नै बच्चाको जन्म हुन्छ । तर, विश्वमा यस्तो गाउँ भेटिएको छ जहाँ पुरुष विना नै महिला गर्भवति भइरहेका छन् । यो खबर केन्याको हो । समबुरुको उमोजा भन्ने गाउँमा विगत २७ वर्षदेखि कुनै पनि पुरुषले पाइला टेकेका छैनन् । तैपनि, यो गाउँका महिला लगातार गर्भवती भइरहेका छन् र आफ्नो परिवारको विकास गरिरहेका छन् ।
यस ठाउँलाई चारैतिरबाट काँडे तारले घेरेर राखिएको छ । केन्याको यो गाउँ विश्वको रहस्यमयी गाउँको रूपमा चिनिन्छ । त्यसैले यस गाउँमा पुरुष जानका लागि प्रतिबन्ध गरिएको छ । यो गाउँ सन् १९९० मा १५ जना महिला मिलेर बसाएका थिए । यी १५ महिला सन् १९९० मा ब्रिटिस सैनिकबाट बलात्कृत भएका थिए ।
त्यसैले त्यो गाँउमा कोही पुरुष पुगे बेपत्ता भइहाल्ने गर्दथे । यस्तो भएपछि त्यहाँ पुरुषलाई जान निषेध गरिएको छ । तरपनि महिला गर्भवती भइरहेका छन् । रहस्यमय गाँउ भएकाले त्यो रहस्य कसैलेपनि बाहिर ल्याउन सकेको छैन । राज्यलाई नै थाहा छैन की त्यहाँ कसरी महिला आमा बनिरहेका छन् ।






प्रतिकृया