• १ असोज २०८३, बिहीबार
  • ७ः४७ बेलुका

एन्फा उपाध्यक्ष उपेन्द्रमान भन्नुहुन्छ ,खेलकुद क्षेत्रलाई संरक्षण गरौं तर हस्तक्षेप नगरौं

प्रकाशित मिति

२०७६ मंसिर १४ गते, शनिबार ०२:१७

भबिष्यमा नेपालको फुटबल टिमलाई दक्षिण एसियाली टिम बनाउने मेरो उदेश्य रहेको छ ।

National Life

२१ औं शताब्दिको फुटबल स्पिडको खेल हो ।

सरकारले सातै प्रदेशमा आधुनिक रङ्गशाला बनाउदै छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सानो उमेरदेखि फुटबल क्षेत्रमा लाग्नु भएका उपेन्द्रमान सिंह हाल एन्फा उपाध्यक्ष ,मध्यपुर युथ एसोसियनका अध्यक्ष तथा राष्ट्रिय फुटबल टोलीका पुर्व गोलकिपर हुनुहुन्छ । नेपालको फुटबल टिमलाई दक्षिण एसियाली टिम बनाउने उहाँको उदेश्य रहेको छ । प्रस्तुत छ, उपेन्द्रमान सिंहसंग खेलकुद क्षेत्र बिशेषगरी नेपालमा फुटबल खेल,यसमा एन्फाले खेलिरहेको भूमिका,बिद्यमान चुनौति र अवसरबारे मातृभुमी न्युज डटकमका लागि लिइएको अन्तवार्ताको सार :

तपाईको खेल जीवन कसरी सुरु भयो ?

म सानो बेलादेखि नै फुटबल खेल्थे, स्कुल पढ्न जाँदा स्कुलबाट भागेर फुटबल खेल्न जान्थे । बाल्य अवस्था देखिनै मैले खेल खेल्न सुरु गरेको हो ।

भबिष्यको सोच के छ ?

हामीले मध्यपुर युथ एसोसिएनलाई ए डिभिजनमा लग्ने कुरा छ ।हालै मात्र म अखिल नेपाल फुटबलको उपाध्यक्ष भएको हुनाले समग्र देशको फुटबललाई ब्यवस्थित ढङ्गले लैजाने मेरो सोच रहेको छ ।भबिष्यमा नेपालको फुटबल टिमलाई दक्षिण एसियाली टिम बनाउने मेरो उदेश्य रहेको छ ।

फुटबलमा लागेर के पाउनु भयो? के गुमाउनु भयो ?

फुटबलमा लागेर धेरै उपलब्धि हासिल गरे । फुटबलले नै उप्रेन्द्रमान सिहं भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ । अन्र्तराष्ट्रिय क्षेत्रमा सात राष्ट्रका फुटबल फ्यानहरुले मलाई चिनेका छन् । फुटबलकै कारणले मेरो चिनारी बढेको छ ।

फुटबलको बिगत र बर्तमानको तुलना कसरी गर्न सकिन्छ ?

फुटबल खेल समय अनुसार परिवर्तन हुदै आएको छ ।२०१७ को फुटबलमा बलले खेल्ने फुटबल थियो ,जो संग बल हुन्छ उसले मात्र खेल्न पाउथ्यो ।१८, १९ मा आउदा चेन्ज भएर बल ,टेक्निकल, प्राक्टिकल सबै चाहिने भयो । २१ औं शताब्दिको फुटबल स्पिडको खेल भयो ,जबसम्म्म राज्यले फुटबललाई महत्व दिदैन तब सम्म हाम्रो फुटबल अगाडि बढ्न सक्दैन ।अखिल नेपाल संघ फुटबलको म उपाध्यक्ष भएको हुनाले एन्फाले फुटबल बिकासको लागि केही प्रयास अगाडि बढाएको छ ।खेलाडीहरुको भबिष्य सुनिश्चत गर्ने र भौतिक पुर्वाधार ठुला ठुला रङगशाला बनाउने काम राज्यको हो ,यदि राज्यले यस्ता कुराहरुको मध्यनजर गर्दै जाने हो भने हाम्रो देशको फुटबल दक्षिण एसिया मै उत्कृष्ट बन्छ ।

तपाई त एन्फा उपाध्यक्ष पनि,के गदै छ एन्फाले ?

नयाँ नेतृत्व आएको १८ महिना भयो । १० बर्षमा नभएको काम हामीले १८ महिनामा गरेका छौं । देशै भरिका कोचहरुलाई ए .याफ .सि कोचिङ भन्ने लाइसेन्स लिनको लागी त्यस्ता धेरै कक्षाहरु हामीले संचालनमा ल्याएका छौं ।हामीले पहिलो पटक ६ बर्ष देखी १२ बर्षसम्म्का बालबालिकाहरुलाई फुटबलमा आकर्षण गराउनको लागी अखिल नेपाल फुटबल संघले ४५ ओटै जिल्लामा गा्रस रुटको प्रोग्राम संचालन गरि सकेका छौं ।महिला फुटबल खेलाडीहरुलाई धेरै खेलमा हामीले प्रतिस्पर्धा गराएका छौं । अन्डर १९ एफसी मा महिलाको टिम दोस्रो राउण्डमा पुगेको छ । वल्र्डकप क्वालिफाइङ राउण्मा रािष्ट्रय टिमले बिभिन्न देशहरुमा गएर आफ्नो प्रतिभाहरु देखाई रहेको अवस्था छ ।४५ ओटै जिल्लामा फुटबल बिकासको लागि ग्रासस रुट प्रोगाम लगायत अन्य खेलका कार्यक्रमहरु हामीले नियमित रुपमा अगाडि बढाइरहेका छौं ।

फुुटबलमा महिला आर्कषण बढाउन के गर्नु पर्छ ?

गा्रस रुट प्रोगाम संचालन गर्नुपर्छ । ६ बर्ष देखि १२ बर्ष सम्मका बालबालिकाले खेल्ने खेललाई गा्रस रुट प्रोगाम भनिन्छ । गा्रस रुट खेलमा हामीले महिलाको सहभागीता धेरै गराउर्नु पर्छ । हाम्रो देशमा महिला खेलाडि टिमले धेरै राम्रो नतिजा ल्याएको छ । ओलम्पिक क्वालिफाई राण्उडमा हामी क्वालिफाई भएका छौं । अन्डर १९ एयाफसी का महिलाको टिम दोस्रो भएको छ ।रौतहटका ७० प्रतिशत महिलाहरु फुटबल राष्ट्रिय टिममा छन् । देशका बिभिन्न जिल्लामा महिला खेलाडीहरु रहेका छन् ।यस्ता महिला खेलाडीहरुका लागि राम्रो कोच राखेर प्रशिक्षण गरेको खण्डमा नेपाली फुटबलमा महिला टिमले राम्रो नतिजा ल्याउँछ । अब आउने नयाँ फुटबल खेलाडी महिलाहरुलाई यस्ले हौसला प्रदान गर्दछ भन्ने मलाई लाग्दछ ।

खेलकुद क्षेत्रमा राजनितिक हावि छ भनिन्छ नि, के यो साँचो हो ?

राजनीति जहाँ पनि हुनु पर्छ । राजनिति नभई कुनै कुरा अगाडि बढ्दैन । हाम्रो देशमा के भयो भन्दा राजनितिले संरक्षणको रुपमा काम गर्नु पथ्र्यो तर राजनितिक हस्तक्षेप धेरै भयो ,हस्तक्षेप धेरै भए पश्चात त्यसले जुनै क्षेत्रमा पनि प्रभाव पार्दछ । फुटबलमा बच्चाहरुको छनोट गर्दा हामीले जसको राम्रो स्कील छ त्यसलाई छान्ने हो ।कुनै पार्टीको भनेर छान्नु हुदैन ।हाम्रा देशका अग्रज ब्यक्तिहरुलाई म अनुरोध गर्न चाहान्छु ,खेलकुदलाई संरक्षण गरिदिनुस् तर हस्त क्षेप नगर्नूस । खेलकुद आ आफ्नो कार्यकर्तालाई राख्ने ठाउँ हैन प्रतिस्पर्धा गरेर जो संग क्षमता छ ,त्यस्ता ब्यक्तिलाई राख्ने हो भने मलाई लाग्छ खेलकुद क्षेत्र अगाडि बढ्छ ।

खेलकुद क्षेत्रको उचाई बढाउन अझै के गर्नु पर्छ ?

खेलकुदमा लगानी धेरै गर्नु पर्छ ।हाम्रो लगानी कम छ । राज्यको लगानी खेलकुद क्षेत्रमा ठुलो हुनु पर्छ । मलाई खुशी लागेको छ ।सरकारले सातै प्रदेशमा आधुनिक रङ्गशाला बनाउदै छ ।साग खेलको लागि सरकारले ध्यान दिएको छ र खेलहरु अगाडि बढाएको छ । यसले के सङ्केत दिन्छ भने राज्यले पनि खेलमा चासो दिएको देखिन्छ । राज्यले खेलकुदमा चासो दिने हो भने हाम्रो देशमा खेलाडीहरु धेरै छन् जस्ले गर्दा राम्रो नतिजा ल्याउन र राष्ट्र निर्माणमा टेवा पुग्ने छ भन्ने मलाई लाग्छ ।

एन्फामा किन बेला बेलामा विवाद भैरहन्छ ?

एन्फामा अहिले खासै विवाद छैन । विवाद हुने भनेको प्रत्यक्ष चाहानाले हुने हो । एन्फामा राष्ट्रिय स्तरका धेरै संघ संस्थाहरु छन् । फुटबल पनि त्यस मध्येको एउटा संस्था हो ।अरु संस्थामा कसैको चासो नहुने र फुटबलमा धेरैको चासो हुने भए कारण फुटबलमा धेरै पैसा छ ,बाहिर बाट धेरै सहयोग आउछ ।जहाँ पैसा हुन्छ त्यहाँ विवाद धेरै हुन्छ । हामीले यसलाई स्टिममा लादै छौ, नियमावलि बनाएका छौ जस्ले गर्दा विवाद कम हुन्छ भन्ने मलाई लागेको छ ।

एन्फाको मुख्य समस्या के हो ?

एन्फाको मूख्य समस्या पुर्वाधारको कमी छ ।आफ्नै गा्रउण्डहरु छैन, स्टेडियम छैन ।भएको एउटा स्टेडियम पनि भुकम्पले गर्दा नाजुक अवस्थामा थियो जुन यो सागको खेलले गर्दा त्यो स्टेडियमको स्वरुपनै परिवर्तन भएको छ । १४ वटा ए डिभिजनको क्लब छन्, १२ वटा बि डिभिजनको क्लबहरु छन् ,ति क्लबहरुको ट्रेनिङ गर्ने आफ्नै मैदान छैन ।क्लबहरु ब्यवसायीक छैनन् । खेलाडीहरुले फुटबल नै खेलेर जिवन यापन गर्ने अवसर छैन ।यी कुराहरु नेपाली फुटबलमा चुनौतिका कुराहरु हुन् ।राज्यले यस्ता कुराहरुमा ध्यान दिएर हेर्दियो भने खेल र खेलाडि दुबै अगाडि बढ्नेछन् ।

सागको तयारी कस्तो छ ?

सागको तयारी एकदमै राम्रो छ ।हामीले साग खेलको लागि भनेर नेपाल अखिल फुटबल संघ र राष्ट्रिय खेलकुल परिसद् दुबै मिलेर कुनै कमी हुन दिएका छैनौं ।१२ औं साग खेलको बिजेता हामी भएको कारणले गर्दा यस पटक हामी हाम्रै देशमा खेल्दै छौं । १३ औं साग खेलमा हामीलाई धेरै कुराहरु फाईदा भएको छ । हाम्रा खेलाडीहरुले धेरै प्रतिस्पर्धा जितेर मैत्री पुर्ण खेलहरु खेल्दै आएका छन् । त्यसकारण सागको तयारी एकदमै राम्रो भएको छ । आशा छ यस पटक फुटबल खेलबाट गोल्ड मेडल ल्याउन हामी सफल हुनेछौं ।

तपाई मध्यपुर युथ एसोसिएनको अध्यक्ष पनि एसोसिएनको अवस्था के छ ? र भावी योजना के रहेको छ ?

मध्यपुर युथ एसोसिएन भनेको सामाजिक संस्था हो । संस्था स्थापना गर्दा हामीले दुई वटा उद्धेश्य लिएका छौं । फुटबललाई बिकास गर्दै हाम्रो नगरलाई चिनाउने र सामाजिक कार्यहरु गर्ने फुटबलकै माध्यमबाट बिश्वमा चिन्ने कार्यहरु गर्ने उद्धेश्यका साथ हामीले संस्था स्थापना गरेका हौं । १३ बर्ष पुरा भैसकेको छ । हामीले संस्था स्थापना गरेको ।१३ बर्षको अन्तरालमा हाम्रो संस्थाको उद्धेश्य अनुसार हामी धेरै कुरामा सफल भएका छौं । क्लबको स्त उन्नती सहित सामाजिक कार्य गर्ने हाम्रो योजना रहेको छ ।

त्यसले अगि सारेको ग्रास रुट फुटबलको सोच के हो ?

साना साना भाई बहिनिहरुलाई फुटबल प्रति आर्कषण गराउने लक्ष्य हाम्रो हो । हाम्रो मुख्य उदेश्य भनेको सानै उमेरदेखि फुटबल खेलुन् भन्ने हो । कुलत तिर नलागुन् खेलकुदमा बढि ध्यान दिउन् भन्ने हो । मध्यपुर युथ एसोसिएन अन्र्तगत ६ बर्ष देखि १३ बर्ष सम्मका बिधार्थीहरुलाई गा्रस रुट फुटबल खेलाउने सोच हामीले ल्याएका छौ ।

अब देशमा फुटबल खेलेर बाँच्न सकिने अवस्था छ ?

निश्चित रुपमा छ । व्यवसायिक फुवटबलमा हामी गैरहेका छौ । एसिएन फुटबलले पनि अब क्लबहरुलाई प्राईभेटमा दर्ता गराउदै छ । साग पछि सहिद स्मारक ए डिभिजन हुन गैरहेको छ । त्यो खेलमा खेलाडीहरुलाई रु ५० हजार देखि १ लाख सम्म दिंदैछ । गोल्ड मेडल ल्याउने खेलाडीलाई राज्यले भत्ता स्वरुप रु ६ हजार दिने गरेको छ । समग्र रुपमा भन्नु पर्दा अब खेलबाट जिवन जिउन सकिन्छ ।

सन्देश : नेपाली फुटबल फ्यानहरुलाई म यो अनुरोध गर्दछु ,खेललाई माया गरिदिनुस् । बच्चाहरुलाई खेल खेलाइ दिनुस् । राम्रो खेलाडी यदि तपाईको बालबालिका भएका राष्ट्रमा गौरव रहन्छ । नाम रहन्छ ,सबै अभिभावहरुलाई म आफ्ना बालबालिकाहरुलाई फुटबल खेल खेलाउनुस् ,यहि अनुरोध गर्दछु ।

प्रतिकृया