भक्तपुर उपनिर्वाचनः ४० प्रतिशत मत खस्यो, तारजाली लगाएर मतगणना स्थल तयार
प्रकाशित मिति
२०७६ मंसिर १४ गते, शनिबार ०१:३८
भक्तपुर, भक्तपुर–१ ‘क’ मा प्रदेश सभा सदस्य पदकालागि शनिबार विहान ७ बजेबाट मतदान भइरहेको छ । सो क्षेत्रका २२ स्थानका ५४ मतदान केन्द्रमा मध्यान्हसम्म ४० प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । एक प्रदेश सभा सदस्यका लागि १९ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

कांग्रेसका उम्मेदवार कृष्णलाल भडेलले साइत हेरेर ११ः४५ बजे चाँगु गाविस मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेकपाका उम्मेदवार देवीप्रसाद ढकालले भक्तपुर नगरपालिका–१० स्थित सरस्वती विद्यागृह मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
मतदान सकिएसँगै मत पेटिका संकलन गर्ने र सर्वदलीय सहमति अनुसार शनिबार साँझबाटै मतगणना सुरु गरिने प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयो । मत गणनाको लागि खरिपाटी तालिम केन्द्र भवनमा तारजाली लगाएर स्थल तयार पारिएको छ । मतदान केन्द्रमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, शशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल लगायतले अनुगमन गर्नुभएको छ ।








प्रतिकृया