• १ असोज २०८३, बिहीबार
  • १०ः१७ राती

कक्षले गर्यो दुई दिने चित्रकला प्रतियोगीताको आयोजना, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष बुढाथोकीद्धारा पुरस्कार बितरण

प्रकाशित मिति

२०७६ मंसिर ८ गते, आईतवार १०:२४

भक्तपुर, भक्तपुरको सुर्यबिनायक नगरपालिका –३ बालकोट रोजभिलेज अगाडि रहेको कक्ष ( द क्लास रुम) ले बार्षिकोत्सवको अवसरमा तीन क्याटागोरीमा दुई दिने चित्रकला प्रतियोगीताको आयोजना गरेको छ । कला,संगीत र नृत्य तीन विधामा प्रशिक्षण दिंदै आएको कक्षले बिद्यालय तर्फ जुनियर,सिनीयर तह र खुल्ला चित्रकला प्रतियोगीताको आयोजना गरेको कक्षका संयोजक अभिशेक बुढाथोकीले बताउनुभयो ।

National Life

भक्तपुर जिल्ला अन्तर बिद्यालय स्तरीय जुनियर तहमा भएको चित्रकला प्रतियोगीतामा मातृभुमी स्कुलका बिलकक्षण केसी प्रथम,ग्लोरी स्कुलकी कृतिका कसलवट दोस्रो र ग्लोरीकै अनुराग घिमिरे तेस्रो हुनु भएको छ ।

यसै गरी सिनीयर तर्फ सुर्यबिनायक स्कुलकी दृष्टि मानन्धर पहिलो,त्रिस्टार स्कुलका प्रदीप श्रेष्ठ दोस्रो र मोडेल जनता स्कुलकी कुसुम आले मगर तेस्रो हुनुभएको छ । यसैगरी खुल्लातर्फ एलिसीना पुरी उत्कृष्ट चयन हुनु भएको छ । प्रतियोगीताको शीर्षक प्रविधि र म दिईएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

मंसीर ४ र ५ गते भएको प्रतियोगीतामा बिभिन्न दश बिद्यालयका २३ जना बिद्यार्थी सहभागी थिए । शनिबार कक्षकै हलमा आयोजित एक कार्यक्रमकाबीच बिजयी बिद्यार्थीलाई प्रमाणपत्र तथा ट्रफी र सहभागीलाई सहभागीताको प्रमाणपत्र बितरण गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले पुरस्कार बितरण गर्नुभएको थियो ।

बिश्व बालदिवसको समेत अवसर पारेर आयोजित चित्रकला प्रतियोगीताको निर्णायकमा प्यागोडा आर्टस्का निर्देशक रोशन प्रधान र कक्षकै संचालक,प्रतियोगीता संयोजक तथा प्रशिक्षक निरु गिरी रहनु भएको थियो । कक्षले आगामी दिनमा पनि प्याब्सन भक्तपुरसँग समन्वय गरेर स्थलगत रुपमाचित्रकला प्रतियोगीता आयोजना गर्ने तैयारी गरिरहेको र यसको लागि जिल्ला अध्यक्ष चन्द्र अधिकारीसँग छलफल भैरहेको संचालक गिरीले बताउनुभयो ।

एक बर्ष अगि स्थापना भएको कक्षले दुई सय भन्दा बढी ब्यक्तिलाई चित्रकला,संगीत र नृत्यको प्रशिक्षण दिईसकेको बताउँदै आगामी दिनमा ब्यक्तित्व बिकासका बिभिन्न बिधामा समेत प्रशिक्षण दिने तैयारी गरिरहेको कक्षका संयोजक अभिशेक बुढाथोकीले बताउनुभयो । बालबालिकामा रहेका प्रतिभालाई उजागर गर्न र सबै उमेर समुहका ब्यक्तिका चित्रकला,संगीत र नृत्य बिधा र ब्यक्तित्व बिकासका बिविध रुची पुरा गर्न समेत कक्ष सहयोगी हुने उहाँले बताउनुभयो ।

 

प्रतिकृया