पाँचौँ मध्यपुर नगरपालिका कप अन्र्तगत ‘अन्तरविद्यालय फुलबल प्रतियोगिता २०७६’ सुरु
प्रकाशित मिति
२०७६ मंसिर १ गते, आईतवार ०४:४५
भक्तपुर,पाँचौँ मध्यपुर नगरपालिका कप अन्र्तगत ‘अन्तरविद्यालय फुलबल प्रतियोगिता २०७६’ आज देखि सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मध्यपुर नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले सहभागी खेलाडीहरुलाई यो प्रतियोगितालाई एउटा रहरको रुपमा मात्रा नलिएर अनुशासन, बुद्धि, विवेबले खेल्न सुझाव दिनुभयो । उहाँले निजि विद्यालयद्धारा दिइने १० प्रतिशत निःशुल्क छात्रावृद्धिमा ५ प्रतिशत नगरपालिकाले दिएको बताउनुभयो । नगरपालिका र स्कुलबाट दिइने १० प्रतिशत छात्रावृद्धि सम्बन्धित विद्यार्थीले पाउनु पर्ने बताउनुभयो ।
मध्यपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष एवम नगरपालिकाका प्रवक्त राम थापा मगरले सहभागि खेलाडीलाई बुद्धि, विवेक र अनुशासित रुपले खेल खेल्न सुझाव दिनुभयो ।उहाँले फुटबल मैदानमा कम्पाउण्ड प्यराफिट वाल लगाउन देखि मैदान स्तरउन्नतिका लागि नगरपालिकाबाट तीन करोडको बजेत विनियोजना गरेको बताउनुभयो । फुटबल खेलको लागि मात्र नभई मध्यपुरनगरपालिका भित्र हुने सम्पुर्ण खेललाई मध्यनजर गरेर नगर स्तरिय कपहरुका लागि १ करोड विनियोजन गरेको समेत बताउनुभयो ।

प्रवक्त मगरले नगरपालिकाले वडामा अन्र्तगत पनि विभिन्न प्रतियोगिता औपचरिक रुप हुने जानकारी गराउनुभयो । ति प्रतियोगितको लागि युथ एसोसियसन संग समान्वय गर्ने जानकारी गराउनुभयो । उहाँले नगरभित्रका लागि खेल प्रतियोगिता गराउन चहाने युवाले नगरपालिकामा प्रपोजल समेत बुझाउन अग्रह गर्नुभयो ।

कार्यक्रमका सभापति मध्यपुर युथ एसोसियसनका अध्यक्ष उपेन्द्रमान सिंह, विशेष अतिथि मध्यपुरनगपालिका उप–प्रमुख अन्जना देवी मधिकर्मी, अतिथिमा मध्यपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष प्रेम कुटु, थिमि वृत्तका इन्सपेक्टर दिपक केसी,भैरव वाण गुल्मका सेनानी प्रविन खड्का,गठ्ठाघर व्यरेकका प्रमुख सेनानी भक्त खड्का , मध्यपुर थिमि व्यापसनका अध्यक्ष निलेश आचार्य, Bridge water International Collage का MD अनुराग वाग्ले Gladstone International Academy का प्रिन्सिपल विनोद कोइराला, Water International Collage का प्रिन्सिपल तेज श्रेष्ठ रहनु भएको थियो ।

प्रतियोगिता मध्यपुर युथ एसोसियसनले आयोजना गरेको हो । प्रतियोगितामा मध्यपुरथिमिका १६ वटा विद्यालय सहभागि रहेको अयोेजाक समितिले जनाएको छ ।







प्रतिकृया