• २० भदौ २०८३, शनिबार
  • ४ः४० बेलुका

करेन्ट लागेर दुई जना बालकको मृत्यु

प्रकाशित मिति

२०७६ कार्तिक ३० गते, शनिबार ०१:१८

काठमाडौँ, मोरङ र सुनसरी जिल्लामा करेन्ट लागेर दुई जना बालकको मृत्यु भएको छ ।शुक्रबार दिउँसो मोरङको सुन्दरहरैचा नगरपालिका.५ सुनौलीचोकका बिकास मगरको छोरा रोहन मगरलाई सोही स्थानको खोक्सी स्थितमा रहेको बुढीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

National Life

यसैगरी शुक्रबार राति सुनसरीको बर्जु गाउँपालिका.३ अमडुवा दुर्गाटोलका रञ्जित रायको ९ वर्षीय छोरा आचल रायलाई आफ्नै घरको बरण्डामा सुकाएको कपडा झिक्दा अचानक नाङ्गो तारले हातमा करेन्ट लागेर उनको मृत्यु भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि विराटनगर लादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया