• २७ भदौ २०८३, शनिबार
  • १०ः१८ बिहान

नगरपालिकाले दियो स्वेच्छिक अवकाश लिने शिक्षकलाई एक लाख उपदान

प्रकाशित मिति

२०७६ कार्तिक २१ गते, बिहीबार ०६:१६

भक्तपुर, चाँगुनारायण नगरपालिकाभित्र रहेका ७ विद्यालयका स्वेच्छिक अवकाश लिने ७ जना शिक्षकलाई नगरपालिकाले १ लाखका दरले उपदान प्रदान गरेको छ । चाँगुनारायण नगरपालिकाको सामुदायिक विद्यालयमा पेन्सन पकाएका ५० बर्षमाथिका शिक्षकलाई नगरपालिकाले स्वेच्छिक अवकास लिन आव्हान गरेको थियो । सोही अनुरुप ७ जना शिक्षकले स्वेच्छिक अवकाश रोजेका थिए । उनीहरुलाई नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि सरकारले प्रदान गर्ने पेन्सनका साथै थप एक लाखको चेक र दोसल्लाद्धारा सम्मान गरेको हो ।

National Life

चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित देवि माध्यामिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले शिक्षक पेशा सम्मानीय पेशा भएको बताउदै नेपालमा नै स्वेच्छिक अवकाश लिने शिक्षकलाई सम्मान गर्ने परम्परालाई नगरपालिकाले अंगिकार गर्ने नीति लिएको बताउनुभयो ।

कार्यक्रममा महेन्द्रग्राम माध्यामिक विद्यालयका उद्धब बहादुर खड्का, कृष्ण आ.विका कृष्ण बहादुर कार्की, पञ्चकन्या आ.विका जानुका कुमारी पौडेल, बाल्मिकी आ.विका रामप्रसाद काफ्ले, चाँगुनारायण मा.विका लक्ष्मी प्रसाद सुवाल, बाल्मिकेश्वर मा.विका श्याम प्रसाद तिमल्सिना र गणेश मा.विका सानुभाई खत्रीलाई १–१ लाख रुपैयाँका साथैं दोसल्ला र प्रशंसा पत्रद्धारा सम्मान गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया