• २२ भदौ २०८३, सोमबार
  • १२ः५७ राती

हामी भ्रष्टचार गर्दैनौ, गर्न दिंदैनौ : प्रमुख श्रेष्ठ मध्यपुरथिमि नगरपालिका

प्रकाशित मिति

२०७६ कार्तिक १७ गते, आईतवार ०४:५४

देश भरमै दोश्रो सानो नगरपालिका हो, मध्यपुरथिमि नगरपालिका । सबै भन्दा सानो नगरपालिका ११ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । क्षेत्रफल सानो भएपनि कला संस्कृतिका हिसावले मुलुकभरमै बलियो धरोहरका रुपमा रहेको छ।

National Life

“हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै मध्यपुरथिमि नगरपालिका नेपालकै एक नमुना, सम्वृद्ध, व्यवस्थित, सुविधा सम्पन्न, प्रविधि मैत्री, बैज्ञानिक र सुन्दर जीवन्त शहर स्थापित गर्न यहाँका सवै निर्वाचित जनप्रतिनिधिहरु समर्पित भएका छन् ।

यसै सन्दर्भमा शिक्षासेवी, कानुनका ज्ञाता तथा ईन्जिीनीयर समेत रहेका मध्यपुरथिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठसंग मातृभूमि न्युज डटकमका बन्दना खड्काले लिनु भएको अन्र्तवार्ता :

Classic Tech Desktop

नगर प्रमुख हुनु भन्दा पहिला के मा आवद्ध हुनु हुन्थ्यो ?

राजनीतिक विधामा त थिए नै । त्यस अलवा म दुई वटा विधामा व्यस्त थिए ,स्कुल संचालन गरेको थिए प्रिन्सिपलको जिम्मेवारीमा,अर्को प्राविधिक इन्जिीनीयरको काम गर्थे ।

योजना कार्यान्वयनमा कतिको सफलता प्राप्त गर्नु भएको छ?

योजना कार्यान्वयनमा हामीले सफलता नै प्राप्त गरेका छौं । अन्य नगरपालिकामा पनि विकास निर्माणका कार्यहरु भैरहेका छन् ,आधुनिक विकासलाई मात्र विकास नमानेर बाटो बढाउने, ढल निकास गर्ने ,खाने पानीको पहँुच सबै ठाउँमा पुर्याउने जनताको माग यसमै बढी हुन्छ । यति मात्र नभई परम्पराको संरक्षणमा मुर्त कलाको संरक्षण, संस्कृतिको संरक्षणमा हामी विशेष लागेका छौं । मध्यपुर थिमि नगरपालिकामा समग्रमै भन्नु पर्दा विकास निर्माणको योजना बनाएर हामी अगाडी बढिरहेका छौ ।

सांस्कृतिक सम्पदाले भरीपुर्ण नगरपालिकाको पर्यटन विकासलाई कसरी जोड दिनु भएको छ?

हामीले पर्यटनलाई धेरै जोड दिएका छौ ,संस्कृतिको संरक्षणमा लागि परेका छौ ।नाच गान ,बाजा गाजा ,कला संस्कार र संस्कृतिको संरक्षणमा सम्पदाहरुको पुन निर्माण र सम्पदालाई पर्यटनसंग जोडेर विषेश ध्यान दिर्नु पर्छ भन्ने हाम्रो ठम्म्याई हो । यस आधारमा मध्यपुर थिमि नगरपालिकालाई पनि पर्यटकीय गन्तव्यको रुपमा लैजाने हाम्रो लक्ष हो । पर्यटकहरु एक पटक मध्यपुर थिमि नगरपालिका अवलोकन गरेर भक्तपुर जाउन् भन्ने हाम्रो उदेश्य हो ,नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै हामी मध्यपुर महोत्सव आयोेजना गर्दै छौ । हामीले पर्यटन विकासलाई निकै जोड दिएका छौ ।

कर वृद्धि भयो भन्ने विषयमा जनमानसको धेरै गुनासो आएको छ ,राजस्व सङ्कलनमा समस्या छ कि छैन?

कर वृद्धि भयो भन्ने विषयमा हल्लाहरु आउँछन् ,समग्रमा भन्नु पर्दा मध्यपुर थिमि नगरपालिकामा हामीले करको दायरा छुट्याएको छौ । कर नै घटाएका छौं ।राजस्व सङ्कलन भैरहेको छ । अपेक्षा गरे अनुसारको राजस्व सङकलन भएको छैन् ।

मध्यपुर थिमि नगरपालिकाको भावी योजना के रहेको छ ?
भावी योजना धेरै रहेको छ । नमुना युक्त नगरपालिका बनाउँछौ भनेर लागी परेका छौ । नेपालकै सानो नगरपालिका जम्मा ११.४ इस्क्वायर फिट किलो मिटर रहेको छ । यति सानो क्षेत्रफलमा फैलिएको नगरपालिका अन्य विविधताले भरिपुर्ण रहेको हुँदा नमुनायुक्त नगर बनाउन हामी लागी परेका छांै । नीतिगत रुपमा योजना बनाएर हामी अगाडी बढ्दै छांै ।

नगरपालिकाले शिक्षा, स्वास्थ, खानेपानी ,सडक जस्ता अपरिहार्य विषयमा के कस्तो ध्यान पुर्याएको छ ?

अन्य नगरपालिका भन्दा हामी फरक ढङ्गले अगाडि बढिरहेका छौं,शिक्षा, स्वास्थ क्षेत्रमा । शिक्षाको लागी हामीले अत्यन्तै मेहनत गेरका छौ । दुई वटा नमुनायुक्त काम हामीले गरिसकेका छौ । सामुदायिक विद्यालय र निजि विद्यालयलाई समानान्तर रुपमा लिएर जाने योजना बनाएर ,अव कार्यान्वयनमा छिट्टै लादै छौ ।नीजि विद्यालयले दिने १० प्रतिशत छात्रवृद्धिलाई हामीले ५ प्रतिशत नगरपालिकाको स्वामित्वमा नगरपालिकाले नै परिक्षा लिएर छात्रवृद्धि वितरण गरिरहेका छौ ।

गत वर्ष ५७९ जनालाई छात्रवृद्धि वितरण गर्यौं। स्थानीय पाठ्यक्रम निर्माण गरेर कार्यान्वयनमा गई राखेका छौ । शिक्षाको क्षेत्रमा नमुनायुक्त नगरपालिका बनाउने प्रयासमा छौं । स्वास्थ्यको क्षेत्रमा भन्नु पर्दा नेपालमा एउटै मात्र नगरपालिका छ ,जस्को आफ्नै अस्पताल छ । त्यो थिमि नगरपालिका हो । हाम्रो अस्पतालमा दैनिक सात सय देखि आठ सय बिरामीले भिजिट गरिरहेका छन् । उपत्यकामै उत्कृष्ट स्वास्थ बिमा दिएका छौं । स्वास्थ्य विमालाई ८० देखी ९० प्रतिशत सम्म पुर्याउने उदेश्य हो ,सम्पुर्ण नगरवासीको स्वास्थ्यलाई निशुल्क गराउन दिर्घकालीन योजनाका साथ अगाडी बढिरहेका छांै ।

आर्थिक वर्ष ०७६÷७७ को बजेट विनियोजन कसरी भएको छ ?
सबै क्षेत्रलाई समेटेर बजेट विनीयोजन गरेका छौं । रु.एक अर्व ६३ करोडको रकम विनीयोजन भएको छ । यसमा सडक विस्तार, कालोपत्रे, खाने पानीमा विषेश जोड दिएका छौ । ५ करोड देखी ७ करोडसम्म खाने पानी ढल निकासमा, ५ करोड खेलकुदका लागि ,३ करोड, शिक्षाको लागी ,साडे ७ करोड लक्षित वर्गलाई मध्यनजर गर्दै वजेट विनियोजन गरेका छौं ।

तपाई नगर प्रमुख भए पश्चात थिमि नगरपालिकाले हासिल गरेका उपलव्धिहरु के के छन्?
गर्भका साथ भन्नुृ पर्दा संस्कृतिको संरक्षणमा ४५ वर्ष देखी लागि परेका छौ । जिव्रो छेड्ने जात्रालाई निरन्तरता ,सांस्कृतिक सम्पदाहरुको पुन.निर्माण वर्षौ देखि भत्किएका संरचनाहरुको पुन निर्माण ,११ मिटर र ८ मिटरका सबै बाटाहरु कालोपत्रे भएका छन्। विषेश गरी पुर्वाधार बिकासमा हाम्रो पहुँच धेरै छ ।
शंखधर पार्क बनाउन काम सुरु गर्नु भयो ,यो कति बर्षको योजना हो ?
यो रु १३ करोडको स्टिमेट हो । हाम्रो कार्यकाल भित्र साँढे दुई वर्षमा हामी पुरा गर्छौ । गुरु योजना अनुसार काम भई रहेको छ ।

सपथ ग्रहण खाँदाको प्रतिव्द्धता कतिको पुरा गर्नु भएको छ ?

व्यक्तिगत रुपमा गरेको प्रतिबद्धता पुरा गर्न हामी प्रतिबद्ध छौं । भष्टचार गर्दैनौ,गर्न दिदंैनौं । विकास निर्माणमा हामी तीव्र रुपमा अगाडी बढिरहेका छौ ,काम गर्न कठिनाई हुन्छ, साथीहरुसंगको सहकार्यमा अगाडी बढिरहेको छु , अरुको दाजोमा मेरो कुदाई धेरै छ ।

यस नगरपालिकालाई नमुना युक्त नगरपालिका बनाउन के कस्ता योजनाहरु अघि सार्नु भएको छ ?

५ वर्ष भित्र देखिने गरी नै नमुना युक्त नगरपालिका बनाउने योजना हो । बाटोहरु पिच गर्दा दिगो हिसावले मध्यनजर गर्दै काम गरेका छौं । गुणस्तरमा हामी विशेष ध्यान दिन्छौं । थिमिनगरपालिकाले गरेको काम दिगो हुन्छ ।यस्मा म विश्वस्त छु । देशकै उत्कृष्ट नगरपालिका बनाउने योजनामा छांै हामी ।

अन्तमा सन्देश !
विगतमा गरेका प्रतिबद्धतामा हामी निरन्तर लागी परेका छौं । काममा ढिलाई भएको छ विविध कारणले गर्दा ,यसको बावजुद पनि हामी हाम्रो काममा निरन्तर लागी परेका छौ ।हामी ५ वर्ष भित्र नमुना युक्त नगरपालिका बनाउने छांै ।

 

प्रतिकृया