• २ असोज २०८३, शुक्रबार
  • ३ः०६ दिउँसो

भारतमा तीन नेपालीको लिङ्ग काटेर हत्या

प्रकाशित मिति

२०७६ कार्तिक ११ गते, सोमबार ११:०६

काठमडौं, भारतको पिथौराजढमा रोजगारीका लागि श्रीमतिसहित गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा शब फेला परेको छ । डेरा गरेर बसेकै ठाउँमा तीनै जना नेपालीको शव लिङ्ग काटिएको अवस्थामा भेटिएको हो । श्रीमति सहित एक वर्ष अघि भारतमा रोजगारीका लागि गएका पुरचौंडी गरपालिका वडा नम्बर ५ दहतालका हरिश बोहरा, सहोदर भाइ वीरा बोहरा र पुरचौडी नगरपालिका वडा नम्बर ४ भटना तडीखेतका काशी बोहराको हत्या भएको बताईएको छ ।

National Life

हत्या गरिएका हरिश बोहराकी श्रीमति किरी बोहरा र भाइ वीरा बोहरा र छिमेकी गाउँका काशी बोहरा भारतमा काम गर्दै आईरहेका थिए । घटनापछि हरे बोहराकी श्रीमति किरी बोहरा फरार रहेको बताईएको छ । नेपाली मजदुरको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा ती वटा शव फेला परेको भारतीय संचारमाध्यमलाई उदृत गर्दै स्थानीय सामाजिक संस्था ‘कार्ड’की अभियन्ता तनुजा पोखरियालले जानकारी दिनुभयो ।

पोखरीयालले भन्नुभयो, – ‘घटना निकै निर्मम देखिन्छ । हत्याको अनुन्धिान गर्न भारतको अलमोडाबाट फरेन्सिक जाँच गर्ने प्रहरीको उच्च टोली पिथौरागढ पुगेर घटना स्थलबाट हात र पञ्जाको नमुना संकलन गरिएको छ । नेपालबाट कामको खोजीमा श्रीमतिसति भारत पुगेका बोहरा दाजुभाइको हत्यापछि साथमा रहेकी महिला किरी बोहरा बेपत्ता रहेकी छिन्’

Classic Tech Mobile
Classic Tech Desktop

हत्या गरिएका नेपाली मजदुर दिनभरी ज्याला मजदूरी गरेर पिथौरागढ जिल्लाको मडधुरा गाउँमा डेरा लिएर बस्दै आईरहेका थिए । नेपाली मजदुरको दुई दिन अघि नै हत्या भए पनि घटना १० गते मात्रै सार्वजििनक भएको हो ।
फरेन्सिक जाँचपछि मृतकहरुको शव पिथौरागढ स्थित सरकारी जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे परिवारले १० गते मात्रै जानकारी पाएको बुझिइएको छ ।

प्रतिकृया