• १९ भदौ २०८३, शुक्रबार
  • ९ः५२ राती

नेपाल राष्ट्रिय अण्डर–२३ फुटबल टिम दोहा जाने

प्रकाशित मिति

२०७६ कार्तिक ५ गते, मंगलवार ०४:०२

काठमाडौँ, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न अण्डर–२३ (यु–२३) को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा जाने भएका छन् ।नेपालमा आयोजना हुने १३ औंँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले त्यहाँ म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्नेछन् ।

कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल यही कात्तिक ८ गते हुनेछ । नेपाली टोली मंगलबारबेलुका ९ः४० बजे दोहा प्रस्थान गर्नेछ ।नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जना विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ र अर्पन कार्की छन् ।

Kamana Sewa

प्रतिकृया