यस्ता छन् बदाम खानुका फाइदा
प्रकाशित मिति
२०७६ कार्तिक ५ गते, मंगलवार ०४:५३
बदामलाई अङ्ग्रेजीमा ‘पिनट’ भनिन्छ । बदाम जाडो मौसममा पाइने फल हो । जाडोयाममा मानिसहरु घाममा बसेर बदाम खान मन पराउँछन् । बदाम खानु स्वादका हिसावले मिठो हुनुका साथै मानव स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
१) बदाम खानाले शरीरमा शक्ति बढाउनुका साथै पाचन प्रक्रियालाई सन्तुलित बनाउन मद्दत गर्छ । बदाममा प्रशस्त मात्रा फाइबर हुन्छ जसले शरीरलाई फाइदा गर्छ ।

२) बदामको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्नुका साथै बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।

३) यसको सेवनले दुब्ला, पातला ब्यक्तिहरुलाई तथा बच्चाहरुको तौल बढाउनमा मद्दत गर्छ ।
४) बदाममा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन, चिल्लो पदार्थका साथै खनिज पदार्थ प्रशस्त पाइन्छ जसले शरीरलाई बलियो र स्वस्थ राख्नमा मद्दत गर्छ ।
५) बदामको नियमित सेवनले हड्डीलाई मजबुत बनाउनुका साथै शरीरमा औषधिको रुपमा काम गर्छ ।




प्रतिकृया