साना मुलुकका मुद्दाले अन्तर्राष्ट्रिय स्तरमा प्राथमिकता पाउनुपर्छ : मन्त्री पोखरेल
प्रकाशित मिति
२०७६ कार्तिक ५ गते, मंगलवार ०३:३५
काठमाडौँ, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साना, मध्यम तथा अतिकम विकसित मुलुकका सुरक्षा र विकासका मुद्दाले अन्तर्राष्ट्रिय स्तरमा प्राथमिकता पाउनुपर्ने बताउनु भएको छ ।
चीनको राजधानी बेइजिङ्गमा २० देखि २२ अक्टोवर, २०१९ सम्म आयोजना भएको 9th Beijing Xiangshan Forum फोरमको मंगलबारको कार्यक्रममा उहाँले आफ्नो विचार व्यक्त गर्नु भएको हो । मन्त्री पोखरेलले नेपालले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशील र विश्वशान्तिको आधारमा परराष्ट्र नीति सञ्चालन गर्दै आएको विचार व्यक्त गर्दै नेपाल न्यायपूर्ण र समतामूलक विश्व व्यवस्थाको पक्षपाती रहेको बताउनु भयो ।

नेपालले भोग्नुपरिरहेका जलवायु परिवर्तनका समस्याहरूको बारेमा विकसित र औद्योगिक मुलुकहरूको ध्यानाकर्षण गराउउदै उनले हिमालय क्षेत्रको संवेदनशील पर्यावरणबारे सबैमा सचेतना बढाउन र जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने दिशामा पारस्परिक सहयोगलाई अभिवृद्धि गर्न नेपालले सन् २०२० को अप्रिलमा सगरमाथा संवाद आयोजना गर्न लागेको कुरा जानकारी गराउँदै त्यसमा सहभागिताका लागि सबैलाई आमन्त्रण गर्नुभयो ।

China Association for Military Science (CAMS) तथा China Institute for International Strategic Studies (CIISS) ले संयुक्त रूपमा जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्षगाँठको अवसर पारेर कार्यक्रम आयोजना गरेको छ । यो त्रिदिवसीय फोरमको नारा Maintaining International Order and Promoting Peace in the Asia-Pacific रहेको छ ।




प्रतिकृया