• २ असोज २०८३, शुक्रबार
  • ३ः०२ दिउँसो

सरकारले खसीबोका तथा च्याङ्ग्राको मूल्य तोकेयो

प्रकाशित मिति

२०७६ आश्विन १३ गते, सोमबार ०५:१३

काठमाण्डौ, सरकारले खसीबोका तथा च्याङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै‌ंलाई लक्षित गरी मूल्य तोकेको हो ।

National Life

कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र गौचनले ज्युँदो खसीबोका ५ सय ५० रुपैयाँ प्रतिकेजी र ज्युँदो च्याङ्ग्रा ७ सय ३० रुपैयाँ प्रतिकेजी तोकिएको जानकारी दिनुभयो । उहाँले मनाङ र मुस्ताङबाट १९ सय २० च्याङ्ग्रा तथा दाङ र मकवानपुरबाट ९ सय वटा खसी बोका ल्याइसकेको बताउनुभयो ।

कम्पनीले आफ्नो कार्यालय थापाथलीमा सोमबारबाट खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरू गरेको छ । कम्पनीले ३ हजार खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया