• ३ असोज २०८३, शनिबार
  • ७ः५३ बेलुका

पत्रकारको पुनर्बहाली तथा श्रमजीवी ऐन पूर्ण कार्यान्वयनको माग राखी महासंघको धर्ना

प्रकाशित मिति

२०७६ आश्विन १४ गते, मंगलवार १०:००

काठमाडौं, नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका तीन जना पत्रकारको पुनर्बहाली तथा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन लगायत माग राखेर सोमबार काठमाडौंको नयाँ बानेश्वरमा एक घण्टा धर्ना दिएको छ ।

National Life

धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निष्कासन गरिएका पत्रकारको पूनर्बहाली गर्नुका साथै सम्पूर्ण सञ्चार माध्यममा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सांकेतिक रुपमा विरोध गरिएको बताउनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन भए नभएको बारेमा महासंघले असोज १० गते देखि विभिन्न सञ्चारमाध्यममा गएर अनुगमन गरी सञ्चालकहरुलाई ऐनको कार्यान्वयनका लागि दवाव दिएको बताउनुभयो । उहाँले महासंघ एक हातमा बिज्ञप्ति र अर्को हातमा ताला बोकेर आन्दोलनमा उत्रिएको बताउनुभयो ।

यसैगरी महासंघका उपाध्यक्ष दिलिप थापामगरले दश बर्षसम्म काम गरेका पत्रकारलाई निष्कासन गरि आफ्ना कार्यकर्ता भर्ती गरेका कारण महासंघ आन्दोलनमा उत्रिएको बताउनुभयो । उहाँले निष्कासित पत्रकारलाई तत्काल पूनर्बहाली नगरिए महासंघ कडा आन्दोलनमा जान बाध्य हुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन वमले निष्ठापूर्वक काम गरिरहेका पत्रकारलाई निष्कासन गरेपछि सुरु भएको आन्दोलन चालिस दिन बितिसक्दा समेत सुनुवाई नभएको बताउनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐन विपरित निष्कासन गरिएको भन्दै निष्कासित पत्रकालाई विना सर्त पूनर्बहाली गर्नु पर्ने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देलले नेपालको प्रेस स्वतन्त्रता तथा पत्रकारको अवस्था बारे अन्तर्रााष्ट्रय संघ संस्थाले नेपालमै आएर नेपाल सरकार तथा विभिन्न निकायसंग भेटेर अध्ययन गरिरहेको भन्दै नेपाललाई बदनाम हुनबाट रोक्न सरकारलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ, रेडियो नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष दुर्गा फुयाँलले महासंघको आन्दोलनमा रेडियो नेपाल कर्मचारिको तर्फबाट ऐक्यवद्धता रहेको बताउनुभयो । उहाँले निष्कासित पत्रकारको पूनर्बहाली नभएसम्म आन्दोलन जारी राख्नुपर्ने बताउनुभयो ।

आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले श्रमजीवी पत्रकारलाई व्यवस्थित गर्नुपर्नेमा सरकारले निष्कासन गरेर लोकतन्त्र तथा मानवीयताको हिसाले त्रुटि गरेको बताउनुभयो । उहाँले पत्रकारलाई निष्कासन गरि अपमान गरेको भन्दै क्षतिपूति सहित पूनर्बहाली गरिनुपर्ने धारणा राख्नुभयो ।

प्रेस नेपालका अध्यक्ष केशव अर्यालले देशको लोकतान्त्रिक आन्दोलनमा पत्रकारको भूमिका महत्वपूर्ण हुदाहुदै पनि सरकारले पत्रकारहरुलाई पटक पटक दुःख दिइरहेको बताउनुभयो । उहाँले निष्कासित पत्रकारको पुनर्बहाली गर्नुका साथै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि महासंघको आन्दोलनमा सधै साथ रहने बताउनुभयो । सो क्रममा पत्रकारहरुले बानेश्वरमा एक घण्टा धर्ना दिएका थिए ।

प्रतिकृया