• २ असोज २०८३, शुक्रबार
  • २ः२८ राती

एलिजाले पठाईन क्यानडाबाटै कमलालाई रकम

प्रकाशित मिति

२०७६ आश्विन ८ गते, बुधबार ०७:५८

काठमाडौं, छोरीको उपचारको लागि क्यानडा पुगेकी वरिष्ठ पत्रकार ऋषि धमला पत्नी नायिका एलिजा गौतमले केहिदिन यता सामाजिक सञ्जालमा भाइरल भएकी धादिङकी ११ बर्षिया कमला घिमिरेलाई कक्षा १२ सम्म सित्तैमा पढाउने वचन दिएकी थिइन् । नायिका गौतमले वचनलाई व्यवहारमा पनि उतार्दै भाइरल गायिका कमलालाई क्यानडाबाटै दस हजार सहयोग रकम पठाएकी छिन् । पत्नी एलिजा गौतमले पठाएको सहयोग रकम लिएर कमलालाई हस्तान्तरण गर्न ऋषि धमला पुगेका थिए ।

National Life

सानै उमेरमा उत्कृष्ट दोहोरी गाउन सक्ने कमलाले गाएको दोहोरी सुनेपछि कलाकार देखि सामाजिक सञ्जाल प्रयोगकर्ता हरुबाट देश विदेशबाट तारिफ र शुभकामनाको ओइरो लागेको छ । आर्थिक अभावले एउटा गाउको पाखा पहरामा मात्र गुन्जिने कमलाको प्रतिभालाई सामाजिक सञ्जाल मार्फत देशभर पुर्‍याउन सहयोग गर्ने सञ्चारकर्मीहरुलाई पनि धन्यवाद दिएकी छिन् एलिजाले ।
एलिजाको भनाइमा छोरी एरिका गौतमको हातको उपचारपछि एलिजा नेपाल फर्कनेछिन् ।

प्रतिकृया