• ५ साउन २०८३, मंगलबार
  • ४:२७ बेलुका

कैलालीमा छोरीलाई विष खुवाएर बुवाले गरे आत्महत्या

प्रकाशित मिति

२०७६ आश्विन ६ गते, सोमबार ०६:०५

कैलाली, कैलालीमा एक पुरुषले छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेका छन् । गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।

गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । श्रीमतीले आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेका थिए ।

Kamana Sewa

सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्धा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पूर्पक्षका थुनामा पठाएको थियो । साउन २२ गतेको अदालतको इजलासले निर्दोष ठहर गरेपछि कलेल छुटेका थिए । छुटेको झण्डै डेढ महिनापछि उनले छोरीसहित आत्माहत्या गरेका हुन् । यसबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको डीएसपी बस्नेतले जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया