• २१ जेठ २०८३, बिहीबार
  • ५:०७ बेलुका

बैताडीमा चितुवाको आक्रमणबाट २४ जनाले ज्यान गुमाए

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ११:३८

बैताडी, बैतडीको तल्लोस्वराड क्षेत्रमा विगत वि.सं. २०६८ साल देखी हाल सम्म चितुवाको आक्रमणबाट २४ जनाले अकालमै ज्यान गुमाएका छन् ।त्यस्तै गरी शिवनाथ गाउँपालिका –२ टाणीखर्कका रामसिंह मडैका ८ वर्षीय छोरा सुदीपले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् ।

चितुवालाई नियन्त्रण गर्नका लागि स्थानीय स्तरमा विगतदेखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन हुदै आएपनि रोकिन सकेको छैन्। जंगलको क्षेत्र विस्तार हुँदै जानु र मानव समुदाय बसाई सरेर तराईतर्फ झर्ने क्रम बढेपछि चितुवालाई नियन्त्रण गर्न नसकिएको स्थाननीयले बताए ।

Kamana Sewa

बैतडीका प्रमुख जिल्ला अधिकारी आन्नद पौडेलले तल्लोस्वराड क्षेत्रमा जंगलको क्षेत्रफल वर्षेनी विस्तार हुँदै गएको बताउनुभयो । तल्लोस्वराड क्षेत्रबाट बसाई सरेर तराईतर्फ झर्ने क्रम बढेसँगै जंगलको क्षेत्रफल विस्तार र चितुवाको संख्यामा समेत बृद्धि हुँदा आक्रमण नरोकिएको पौडेलले बताउनु भयो । चितुवा व्यवस्थापन एवं नियन्त्रणका लागि विगतदेखि नै विभिन्न किसिमका प्रयासहरु हुँदै आएपनि पर्याप्त नभएको प्रमुख पौडेलले बताउनुभयो ।

Classic Tech Desktop

चितुवाको आतंक बढेपछि सरकारले मार्ने अनुमती दिएर यसअघि तल्लोस्वराड क्षेत्रमा टोली नै परिचालन गरेको थियो तर उक्त टोली चितुवा नभेटिएपछि फर्किएको थियो। चितुवाले बढिजसो साँझ र बिहानको समयमा आक्रमण गर्ने गरेको स्थानीयले बताउँदै आएका छन्।

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले चितुवा नियन्त्रण गर्न प्रयास भईरहेको बताउनु भयो । चन्दले तल्लोस्वराड क्षेत्रमा विजुली नभएका कारण पनि साँझको समयमा चितुवा आतंक बढेकाले सौर्य बत्ति वितरण गरिदै आएको बताउनुभयो र विद्युत विस्तारका लागि समेत संघिय उर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई आग्रह गरिएको बताउनु भयो । तल्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा विद्युतीकरण हुन नसकेका कारण अध्यारोमै दैनिकी बिताउनुपर्ने बाध्यता स्थानीयको छ।

अध्याँरो भएका बेला घर बाहिर निस्कीएको समयमा चितुवाले आक्रमण गर्दै आएपनि विजुली विस्तारमा वास्ता नगरिएको हो।प्रदेश सरकारले पनि चितुवा नियन्त्रणका लागि विभिन्न जनचेतना मुलक कार्यक्रम र सोलार वितरणमा ठुलो बजेट खर्च गरेको छ। यद्यपी चितुवाको आक्रमण अझै रोकिएको छैन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले भने ऐन कानून तर्जुमा गरेर द्धन्द्ध व्यवस्थापन गरिने दावी गर्नुभयो ।

तल्लोस्वराडमा चितुवाको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई क्षतीपूर्ती र राहात स्वरुप सरकारले १० लाख दिदै आएको छ तर चितुवाको आतंक नियन्त्रणका लागि ठोस कार्यक्रम ल्याउन नसकेपछि स्थानीयमा त्रास फैलिएको छ।

प्रतिकृया