• ४ असोज २०८३, आइतबार
  • ८ः०१ राती

भक्तपुर जिल्लामै पहिलो पटक खुल्ला जुम्बा प्रतियोगीताको आयोजना उपाधि भीआर फिटनेशको हातमा

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ११:०७

भक्तपुर, भी आर फीटनेश लोकन्थलीले भक्तपुर जिल्लामै पहिलो पटक खुल्ला जुम्बा प्रतियोगीताको आयोजना गरेको छ । उपत्यकास्तरीय प्रतियोगीतको उपाधि पनि आयोजक भीआर फिटनेशले नै हात पारेको छ । प्रतियोगीतामा अल्टिमेट फिजीकल फिटनेश मध्यपुरले फस्ट रनर अप र स्टार जुम्बा ईमाडोलले सेकण्ड रनर अपको उपाधि जितेको छ । प्रथम उपाधि बिजेता भीआरलाई समाजसेवी तथा खेलाडी रबि राणाले आफ्नो तर्फबाट रु २५ हजार नगद प्रदान गर्नुभयो ।

National Life

यसैगरी फस्ट रनर अप अल्टिमेट र सेकेण्ड रनरअप स्टार जुम्बालाई महेशराज कुँवरले क्रमश रु १५ हजार रु रु ५ हजार नगद प्रदान गर्नुभयो । प्रतियोगीतमा ७ समुहले भाग लिएको थियो । बिजयी सबै समुहका लागि अजय श्रेष्ठले अवार्ड प्रदान गर्नुभयो ।प्रतियोगीतको निर्णायकमा शोभा गुरुङ्ग,छिरीङ्ग लामा,सम्झना सुब्बा,मेनका राई, र कुन तामाङ रहनुभएको थियो ।

यस अघि प्रतियोगीताको उद्घाटन सत्रमा बोल्दै नेपाली कांगे्रसका नेता अष्टकुमार कबें, समाजसेवी तथा खेलाडी तथा नेता रबि राणा,महानगरीय प्रहरी बृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोईराला,नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी,आयोजक संस्था भी आर फीटनेशका अध्यक्ष रमेश प्याथ लगायतले स्वस्थ जीवन र उन्नतीको मार्ग खेलकुद र मनोरन्जन भएको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

 

प्रतिकृया