• ५ असोज २०८३, सोमबार
  • ५ः५३ बिहान

जुद्ध बारुण यन्त्र भक्तपुरको ७६ औं स्थापना दिवस : जनशक्ति,दमकल र भवनको अभाव

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार १०:५५

भक्तपुर, जुद्ध बारुण यन्त्र भक्तपुरको ७६ औं स्थापना दिवस एक समारोहका बीच सम्पन्न भएको छ ।कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले कार्यालयका ३ कर्मचारीलाई नगद रु ३ हजार र सम्मानपत्र सहित सम्मान गर्नुभयो ।सम्मानित कर्मचारीमा फायरम्यान उमेश ढकाल, मायानाथ दाहाल र कार्यालय सहयोगी निशा द्योला हुनुहुन्छ ।

National Life

सो अवसरमा बोल्दै प्रजिअ भट्टले थप दमकल ल्याउन र कर्मचारीको सेवा सुबिधा बृद्धिका लागि पहल गर्ने बताउनुभयो ।तत्कालिन राणा सरकारले तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरि २००१ सालमा स्थापना गरेर जुद्ध वारुण यन्त्र (दमकल) संचालनमा ल्याएको थियो ।

भक्तपुर, काठमाण्डौं, ललितपुरदेखि काभ्रे, रामेछाप र सिन्धुपाल्चोकको तातोपानीसम्म सेवा दिदै आएको भक्तपुर दमकलले यस अघिका चारवटा दमकल विग्रिएर जीर्ण भएपछि हाल मध्यपुरथिमि नगरपालिकाले दिएको एक र अर्को सिद्धिस्मृति अस्पतालले दिएको दमकल गरि दुईवटा दमकल र एउटा ट्यांकर संचालन गर्दै आएको छ ।सो मध्य पनि एउटा दमक हालसालै बिग्रीएर मर्मतको क्रममा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यालय प्रमुख राजनप्रसाद दाहालले कार्यालयका लागि एउटा सानो दमकल र केही कर्मचारी अपुग रहेको बताउनुभयो ।उहाँले दमकलको सेवालाई थप चुस्त र दुरुस्त बनाउन भक्तपुरका ४ वटै नगरपालिकासँग पत्रचार र समन्वय गरिएको बताउँदै सहयोगका लागि सुर्यबिनायक नगरपालिकाले बिशेष चासो दिएको जानकारी दिनुभयो ।

उहाँले भक्तपुर नगरपालिका १, दूधपाटीमा रहेको दमकल कार्यालयले भोगचलन गर्दै आएको जग्गामा नयाँ भवनको टेण्डर हुने र निर्माणका क्रममा रहेको बताउनुभयो ।दमकल र यहाँका कर्मचारी विगत दुई वर्षदेखि क्षतिग्रस्त भवनमा बस्दै आएका छन् ।कार्यालयमा हाल २१ जना कर्मचारी कार्यरत छन् ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधान,जुद्ध बारुण यन्त्रका सुचना अधिकारी विजय धौभडेल लगायतले दमकललाई नियमित रुपमा संचालन गर्नका लागि सबैले आवश्यक सहयोग पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

प्रतिकृया