महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुदा एक को मृत्यु
प्रकाशित मिति
२०७६ भाद्र २२ गते, आईतवार १०:४३

महोत्तरी – बर्दिवास नगरपालिका–३ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा २१ च ४४४१ नम्बरको एम्बुलेन्स बिरामी लिएर जनकपुरतर्फ जाँदै गर्दा आज बिहान दुर्घटनामा परीस्थानीय ५० वर्षीया तारा वादीको मृत्यु भएको हो । दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश वादी, छोरी गंगा वादी घाइते भएका छन् ।
यस्तै, दुर्घटनामा परेको एम्बुलेन्सले ठक्कर दिँदा पैदलयात्री धनुषाको मिथिला नगरपालिका—४ की रोशा बराइली पनि घाइते हुनुभएको छ । घरायसी विवादमा झगडा हुँदा तारा वादीका छोरा उवेश घाइते भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको खुल्न आएको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार बर्दिबासमा रहेको शुभ स्वस्तिक अस्पतालमा भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया