• २१ जेठ २०८३, बिहीबार
  • ९:४२ बेलुका

डेंगुबाट एक महिलाको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०९:५५

डेंगुको लागेर कपिलबस्तुमा एक जनाको मृत्यु भएको छ । डेंगु संक्रमित भइ उपचाररत कपिलवस्तु वाणगंगाकी  सावित्रा आचार्यको मृत्यु भएको हो ।
दुई दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी उनमा डेंगु संक्रमण देखिएको थियो ।

आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ । यस वर्ष डेंगुबाट मृत्यु भएको रुपन्देहीमा पहिलो घटना हो । रुपन्देहीमा पनि डेंगुका बिरामीको संख्या बढ्दै गएको छ । जनस्वाथ्य कार्यालयका अनुसार ७० जनाभन्दा बढीमा संक्रमण देखिएको छ ।

Kamana Sewa

प्रतिकृया